English

ग्लोकल टीन हिरो नेपाल ११औं संस्करणका, शीर्ष ६ फाइनलिस्टहरूको नाम घोषणा



काठमाडौं, अगस्ट २१

ग्लोकल प्रा.लि.ले ११ औं संस्करणको गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२५ को लागि शीर्ष ६ फाइनलिस्टहरूको नाम घोषणा गरेको छ। यस वर्षको प्रतियोगितामा बालबालिकाको अधिकार, नवप्रवर्तन, प्रविधि, उद्यमशीलता, शिक्षा, स्वास्थ्य, सामाजिक क्रियाशीलता, पर्यावरण, एआई विज्ञान/अनुसन्धान र अन्य विभिन्न क्षेत्रमा समाजमा सकारात्मक प्रभाव पारेका ७८४ किशोरकिशोरीहरूबाट आवेदन प्राप्त भएको थियो।

ग्लोकल २० अण्डर २० छनोट गरिएका उत्कृष्ट किशोरकिशोरीहरूको विवरण र दस्तावेजहरूको समीक्षा हाम्रो निर्णायक मण्डलले गरेको थियो। त्यसपछि उनीहरूको कामको सुरुवात, उपलब्धि, निरन्तरता र समाजमा पारेको प्रभावको आधारमा गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२५ का लागि अन्तिम चरणमा शीर्ष छ फाइनलिस्टहरूलाई सर्टलिस्ट गरिएको हो। सम्मानित ६ सदस्यीय निर्णायक मण्डलले यी ६ जना प्रतिभाशाली किशोरकिशोरीहरूलाई उनीहरूको उपलब्धि, पहल र आ-आफ्नो क्षेत्रमा पुर्याएको योगदानका लागि सर्टलिस्ट गरेको छ।

शीर्ष ६ फाइनलिस्टहरू यसप्रकार छन् :
१. कृष्ण यादव, धनुषा- सामग्री निर्माता
२. मानुषी न्यौपाने, स्याङ्जा- यौन तथा प्रजनन स्वास्थ्य अधिकार (SRHR)अधिवक्ता
३. निश्चल ढुंगाना, कपिलवस्तु जलवायु न्याय अधिवक्ता
४. अक्सफोर्ड आचार्य, जुम्ला- नीति अधिवक्ता
५. रेणुका सिंह, सर्लाहीकी- कृषि उद्यमी
६. सफल पौडेल, रुपन्देही- एआई विकासकर्ता



सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested