English

नाडा अटो शोमा सुजुकी इ–भितारा प्रदर्शन, ‘पर्वोत्सव २०८२’ अन्तर्गत १ वर्ष शून्य ब्याज तथा अन्य आकर्षक योजना, १० भाग्यशाली ग्राहकलाई सुनको बहार



काठमाडौँ, नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्ज्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले निकै नै प्रतिक्षा गरिएको इभि इ– भितारा नाडा अटो शो २०८२ मा प्रदर्शनी गरेको छ।  साथै सो अटो शोमा दशैं तिहार भरीका लागी लक्षित हुने गरि आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ पनि सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकले छ लाख रुपैयाँ सम्मको नगद छुट, १ वर्षको सवारी बीमा, छ वर्षको लागि निः शुल्क पी.यम.एस पाट्र्स, दुई लाख रुपैयाँ सम्मको एक्सचेन्ज बोनस र एक्सेसरिजहरु पाउन  सक्नुहुनेछ । कम्पनीले नाडा अटो शो लक्षित गरि, शो कार्यक्रम भरी खरिद गर्ने ग्राहकलाई स्क्र्याच कार्ड मार्फत थप एक लाख रुपैयाँसम्मको छुट प्रधान गर्नेछ, भने १० भाग्यशाली ग्राहकले एक एक तोला सुन जित्न सक्नु हुनेछ। साथै अल्टो र सेलेरियो गाडीमा पनि १ वर्षका लागि शून्य ब्याजदर सुविधा उपलब्ध हुनेछ ।  यसमा केहि शर्तहरु लाग्ने कम्पनीले जनाएको छ।

सुजुकीले आफ्नो पहिलो मास–प्रोडक्सन इलेक्ट्रिक एसयूभी भख्ष्तबचब सार्वजनिक गर्दै, नेपालको इलेक्ट्रिक मोबिलिटी यात्रामा नयाँ युगको सुरुवात गरेको छ। विश्वस्तरीय डिजाइन, प्रगतिशील इलेक्ट्रिक मोबिलिटी प्रविधि, र भरपर्दो क्गशगपष् म्ल्ब् को उत्कृष्ट सम्मिश्रणको इ– भितारा, नेपालको बाटो, भौगोलिक विविधता र जीवनशैलीका मागअनुसार परिष्कृत र अनुकूलन गरिएको छ, जसले नेपाली उपभोक्तालाई सुरक्षित, भरपर्दो र भविष्यमुखी ड्राइभिङ अनुभव प्रदान गर्नेछ।

ईभी उत्कृष्टताको लागि निर्मित

  • सुजुकीको पहिलो मास–प्रोडक्सन ब्याट्री इलेक्ट्रिक भेहिकल (BEV),  नयाँ HEARTECT–e प्लेटफर्ममा आधारित छ । जसले उत्कृष्ट पर्फर्मेन्स, आराम्दाई यात्रा र सुरक्षा प्रदान गर्छ।
  • २,७०० मि.मि. ह्वीलबेस र ५.२ मि. टर्निङ रेडियस
  • अधिक स्पेस र आराम्दाई यात्राको लागि  फ्ल्याट–फ्लोर डिजाइन
  • “Emotional Versatile Cruiser” अवधारणा आधारित दमदार एसयूभी स्टाइलिङ,
  • १८–इन्च एयरोडाइनामिक अलोय ह्वील्ससहित।
  • स्मार्ट  ३–इन–१ इलेक्ट्रिक ड्राइभ युनिट र ४९/६१ kWh ब्याट्री विकल्प, ५०० किमी+रेन्ज
  • चरम तापक्रममा पनि स्थिर प्रदर्शन दिने थर्मल म्यानेजमेन्ट सिस्टम।

भविष्यवादी डिजाइन, प्रिमियम अनुभव

  • डिजिटल ककपिट र प्रिमियम फ्लोटिङ कन्सोल
  • १०–वे पावर एडजस्टेबल ड्राइभर सिट, भेन्टिलेटेड फ्रन्ट सिट्स
  • प्यानोरामिक सनरुफ र मल्टिकोलर एम्बिएन्ट लाइटिङ
  • १०.१” टचस्क्रिन, १०.२५” डिजिटल डिस्प्ले र Infinity by Harman साउन्ड

उन्नत प्रविधि र सुरक्षा

  • –३०°C देखि +६०°C सम्म परीक्षण गरिएको विश्वसनीयता
  • ५०% भन्दा बढी हाई–टेन्साइल स्टिल संरचना
  • Level @ ADAS, ७ एयरब्याग, सबै पाङ्ग्रामा डिस्क ब्रेक
  • एडाप्टिभ ग्रिल शटर – अझ लामो ड्राइभिङ रेन्ज

कम्पनीका अनुसार, भारतमा उत्पादन हुने यो ईभी १०० भन्दा बढी देशहरूमा बिक्री गरिनेछ। सुजुकीले भख्ष्तबचब को लञ्चसँगै सन् २०३० भित्र ६ नयाँ ईभी सार्वजनिक गर्ने योजना बनाएको छ। ईभी मात्र नभई, कम्पनीले विभिन्न बजारहरूको आवश्यकता अनुसार ग्रीन मोबिलिटी समाधान प्रस्तुत गर्नेछ, जसमा BEV (ब्याट्री इलेक्ट्रिक), HEV (हाइब्रिड), CNG र बायोफ्युल्स प्रविधिहरूको संयोजन समावेश हुनेछ।



सम्बन्धित खबरहरु

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले धरानलाईन, इटहरी र लायन्सचोक, नारायणगढमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यी सर्भिस सेन्टरहरु

काठमाडौं। युवा गायक बिरज महर्जनको नयाँ म्युजिक भिडियो ‘साइली’ र नेपाल भाषाको ‘छ लिसे’ बोलको म्युजिक भिडियो एकसाथ सार्वजनिक भएको

काठमाडौं : टेलिटकले नेपाली बजारमा एम८ सिरिजका दुई स्मार्टफोनहरु सार्वजनिक गरेको छ । उत्कृष्ट कार्यसम्पादन, सहज प्रयोग अनुभव तथा आधुनिक

काठमाडौंः नेपाल मर्चेन्ट बैंकर्स संघ (MBAN) का कार्यसमिति सदस्यहरूले आज नेपाल धितोपत्र बोर्ड (SEBON) का नवनियुक्त अध्यक्ष डा. गोपाल प्रसाद

Latest










Popular
Suggested