English

गायक तथा संगीतकार विनय कार्की र उनको ब्यान्ड “बिनय कार्की एण्ड थुंगा ब्यान्ड“ को पहिलो गीत “नयाँ नयाँ“ को भिडियो सार्वजनिक



गायक तथा संगीतकार विनय कार्की र उनको ब्यान्ड “बिनय कार्की एण्ड थुंगा ब्यान्ड“ को पहिलो गीत “नयाँ नयाँ“ को भिडियो सार्वजनिक भएको छ भने लाइभ कन्सर्ट समारोहमा “आरोही व्यक्तित्व सम्मान – २०८२“ प्रदान गरिएको छ । यो सम्मान यसै वर्षबाट प्रारम्भ गरिएको हो ।
समारोहमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका चार विशिष्ट व्यक्तित्वलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा वरिष्ठ गायक दीप श्रेष्ठ, समाजसेवी नारायण भण्डारी, समाजसेवी रवीन्द्र भण्डारी र लोकप्रिय उद्घोषक तथा ’द भ्वाइस अफ नेपाल’का सञ्चालक सुशील नेपाल रहेका छन् ।

यो सम्मान कार्यक्रम अबदेखि हरेक वर्ष आयोजना गरिने गायक विनय कार्कीले जानकारी दिएका छन । कन्सर्टको अबसर पारी सार्बजनिक गरिएको ब्याण्डको “नयाँ नयाँ“बोलको गीतको म्युजिक भिडियोमा स्वयं विनय कार्की, करिश्मा श्रेष्ठ र सन्तोष बानियाँको अभिनय रहेको छ । गीतको प्रस्तुतकर्ता ’आरोही बिट्स’ रहेको छ ।
“आरोही व्यक्तित्व सम्मान – २०८२“ प्राप्त गर्ने सबै व्यक्तित्वहरुलाई बधाई तथा “बिनय कार्की एण्ड थुंगा ब्यान्ड“ को पहिलो सांगीतिक कोसेली “नयाँ नयाँ“ लाई सफलताको शुभकामना।



सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

Latest










Popular
Suggested