English

गायक पशुपति शर्माको नजरमा पढ्नै पर्ने ३ पुस्तक



गायक पशुपति शर्मा यतिबेला स्यङ्जामा छन् । त्यता पनि निषेधाज्ञा जारी भएकाले घरको काम सघाउँदै विभिन्न पुस्तक पढेर समय बिताइरहेका छन् । शर्माको नजरमा पढ्नै पर्ने तीन पुस्तक यस्ता छन्:

भागवत गिता

मेरो नजरमा पढ्नै पर्ने पुस्तक भन्नुपर्यो भने पहिलो नम्बरमा भागवत गीता पर्छ । यसमा जीवन के हो भन्नेबारे बुझ्न सकिन्छ । व्यवहार, जीवन र कर्म कस्तो हुनुपर्छ भन्ने कुरा यसमा दिइएको छ । सारा जीवनका लागि चाहिने कुराहरू यसमा छन् । त्यसैले गीता एकपटक पढ्नैपर्छ ।

महाभारत

संस्कृतमा लेखिएको मध्ये महाभारत एक ठूलो गन्थ हो । यो एक अद्भुत कथा हो जसले जीवन दर्शनका कुरा सिकाउँछ । घरमा फुर्सद भएको बेला यो पुस्तक पढ्दा धर्म कर्ममा पनि मन जान्छ । यसको अध्ययनले एक किसिमको शान्ती प्रप्त हुन्छ ।

४३ कथा

निलम कार्कीको कथा संग्रह ‘४३ कथा’ पनि मैले पढेको उत्कृसट पुस्तकहरु मध्ये पर्छ । ‘४३ कथा’ विभिन्न पुस्तक र फुटकर रुपमा प्रकाशित कथाहरुको एकमुष्ट सङ्ग्रह हो । यस पुस्तकले महिला, समाजसम्बन्धि थुप्रै कुरा समेटिएकाले एकपटक पढ्न सिफारिस गर्छु ।



सम्बन्धित खबरहरु

लुम्बिनी लायन्सले नेपाली क्रिकेट प्रशासनमा लामो अनुभव हासिल गरेकी भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रूपमा नियुक्त गरेको छ

एसीसी पुरुष टी-२० विश्वकपको एशिया प्यासिफिक छनौट खेल्न ३२ खेलाडीको क्लोज क्याम्प शुरु भएको छ । क्लोज क्याम्पमा खेलाडीहरुले प्रशिक्षण

चर्चित नेपाली गायिका एलिना चौहानले तीजको अवसर पारेर आफ्नो जीवनका अनुभव र पिडालाई समेटिएको नयाँ गीत सार्वजनिक गरेकी छन् ।

देशभरका अभिनयप्रेमी युवाहरूमाझ लोकप्रिय बन्दै गएको रियालिटी शो ‘एक्टिङ स्टार’ ले विजेता तथा उपविजेताहरुलाई प्रदान गरिने पुरस्कारको घोषणा गरेको छ।