English

अक्सिजनका खालि सिलिण्डर अस्पताललाई उपलब्ध गराउन मन्त्रालयको आह्वान



स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्राणवायु (अक्सिजन) को खालि सिलिण्डर अस्पताललाई उपलब्ध गराउन आह्वान गरेको छ । मन्त्रालयका अनुगमनका क्रममा धेरै सिलिण्डर खाली राख्ने गरेको पाइएकोले यस्ता सिलिण्डर अस्पतालमा कोभिड–१९ का संक्रमितको उपचारका लागि उपलब्ध गराउन अनुरोध गरेको हो ।

मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले अनुगमनका क्रममा सिलिण्डर खालि राख्ने र भरेर पनि भण्डारण गरेर राख्ने भएकोले उद्योग व्यवसायी र सरोकारवालाले त्यस्ता सिलिण्डर अस्पताललाई उपलब्ध गराउन अनुरोध गरिएको बताए ।

अक्सिजन सिलिण्डरको संख्या ६ हजार २ सय ८८ रहेको र दैनिक १ हजार ४ सय ११ दशमलव ५ लिटर खपत भइरहेको जनाइएको छ ।
अधिकारीका अनुसार धेरै भन्दा धेरै सिलिण्डर भरी नागरिकको ज्यान बचाउनका लागि अस्पताललाई उपलब्ध गराउन भनिएको हो ।

मन्त्रालयले खालि र भरेर भण्डारण गरेको पाइएमा संक्रामक रोग ऐन २०२० को आधारमा अनुगन गरी कारवाही गर्ने जनाएको छ ।सङ्क्रमितको उपचारका लागि अत्यावश्यक पर्ने अक्सिजन तथा सिलिण्डर अझै पनि सरकारको निर्णय विपरित धेरै उद्योगधन्दामा प्रयोग भइरहेको मन्त्रालयको अनुगमनका क्रममा फेला परेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested