English

वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन



वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन भएको छ । काठमाडौंको सुन्धरास्थित न्यूरो तथा जनरल अस्पतालमा उनको निधन भएको हो ।

बिहीबार उनको निधन भएको संगीतकार लक्ष्मण शेषले जानकारी दिए । शेषले भने, ‘मलाई भर्खरै भाउजु (प्रधानको श्रीमती) ले उहाँको निधन भएको जानकारी गराउनुभयो ।’

प्रधान ९ दिनअघि कोराना संक्रमित भएसँगै अस्पताल भर्ना भएको अस्पतालले जनाएको छ ।

विसं १९९४ मा सिन्धुपाल्चोकको चौतारामा बुबा रत्नध्वज प्रधान र आमा प्राणदेवी प्रधानको कोखबाट जन्मिएका प्रधानका ‘पर लैजाउ फूलहरु’ ‘घुम्तीमा नआउ है’, ‘तिमीलाई अचेल कहाँ देखुँ’, ‘गोरेँटो यो गाउँको’, लगायतका थुप्रै कालजयी गीत हिट छन् ।



सम्बन्धित खबरहरु

आरोही फुर्वा तेन्जिङ शेर्पा र राज गुरुङद्वयले सगरमाथाको चुचुरोमा पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा प्रशिक्षक राजुकाजी शाक्यको फोटो अंकित झण्डा

स्याङ्जाको एउटा सामान्य गाउँमा जन्मिएका राज गुरुङको जीवन यात्रा कुनै चलचित्रको कथा भन्दा कम छैन । बाल्यकाल भारतको देहरादूनमा बिताएका

लोकप्रिय गायक करण परियारको सुमधुर स्वरमा सजिएको नयाँ आधुनिक नेपाली गीत “ढाँटछेउ कतिलाई” सार्वजनिक भएको छ। नेपाली सांगीतिक क्षेत्रमा निरन्तर

इटहरी/ ‘मिस एसईई इटहरी’ पाँचौं संस्करणको अन्तिम प्रतिष्पर्धामा पुगेका प्रतिष्पर्धीहरुको फोटोसुट र भिडियोसुट सम्पन्न भएको छ । मोरङ्गको गोकुलम रिसोर्ट

Popular
Suggested