English

स्मार्टफोन शाओमी १४ टी को मूल्य घट्यो, अबको मूल्य कति ?



विश्वभर चर्चित प्रविधि ब्रान्ड शाओमीले आफ्नो प्रिमियम स्मार्टफोन शाओमी १४टी को मूल्य उल्लेख्य रुपमा घटाएको घोषणा गरेको छ । लाइका सँगको सहकार्यमा बनेको यो फोनमा अत्याधुनिक क्यामेरा र उच्चस्तरीय फ्ल्यागशिप प्रदर्शन रहेको छ । घटाइएको नयाँमूल्यले नेपालीप्रविधि प्रेमीहरूलाई अझ सजिलो हुने भएको छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मानस्वीले भने, “शाओमी १४टी नवीनता र उत्कृष्ट प्रविधिको प्रतीकहो। लाइका क्यामेरा र आधुनिक एआई सुविधाले यो फोनलाई नेपाली बजारमा लोकप्रिय बनाइसकेको छ। अहिलेको मूल्य कटौतीले उत्कृष्ट प्रविधिलाई अझ पहुँचयोग्य बनाउने हाम्रो प्रतिबद्धता रहेको छ ।”

मुख्यविशेषताहरूः

लाइका ट्रिपल क्यामेरा – ५०ःएमपीमुख्य, १२ःएमपी अल्ट्रा–वाइड र ५०ःएमपी टेलिफोटो लेन्सबाट प्रोफेशनल फोटो र ४केभिडियो खिच्न सकिने क्षमता मिडियाटेक डाइमेन्सिटी ८३०० अल्ट्रा प्रोसेसर – शक्तिशाली ४ नानोमिटर चिप र एलपीडीडी आर५एक्स ¥यामले छिटो र सहज प्रयोग अनुभव दिलाउनेछ ।

१४४ हर्ज एमोलेड डिस्प्ले ६.६७ इन्चको स्क्रिन, १.५ के रिजोल्युसन र एचडिआर १०+ सपोर्ट।स्मार्ट फोटो मोड, दृश्य पहिचान र ब्याट्री बचतका लागिआधुनिक एआई उपकरण समेत भएको। छोटो समयमा चार्ज र लामो ब्याक अपसहित ६७ वाट हाइपर चार्ज र ५००० मेघाहर्जको ब्याट्री,पानी र धूलो प्रतिरोधी तथा आईपी६८ प्रमाणित सुरक्षा भएको ।

नयाँमूल्य(१२जिबी+ ५१२जिबी) :
अघिल्लो मूल्यः रु. ६४,९९९ घटाएपछिकोनयाँमूल्य : रु. ५९,९९९

शाओमी १४टी स्मार्टफोन नेपालभरका शाओमी स्टोर र आधिकारिक खुद्रा पसलहरूबाट खरिद गर्न सकिन्छ ।
उच्चस्तरीय क्यामेरा, शक्तिशालीप्रदर्शन र किफायती मूल्यका कारण शाओमी १४टी स्मार्टफोन उत्कृष्ट बन्नपुगेको छ ।
यो टाइटन ब्ल्याक, ग्रे र ब्लूतीनआकर्षक रङमा उपलब्ध छ ।



सम्बन्धित खबरहरु

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले धरानलाईन, इटहरी र लायन्सचोक, नारायणगढमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यी सर्भिस सेन्टरहरु

काठमाडौं। युवा गायक बिरज महर्जनको नयाँ म्युजिक भिडियो ‘साइली’ र नेपाल भाषाको ‘छ लिसे’ बोलको म्युजिक भिडियो एकसाथ सार्वजनिक भएको

Latest










Popular
Suggested