English

को बन्ला पाँचौ संस्करणको ‘मिस एसईई इटहरी’ ? फाइनल २६ प्रतिष्पर्धीको फोटोसुट



इटहरी/ ‘मिस एसईई इटहरी’ पाँचौं संस्करणको अन्तिम प्रतिष्पर्धामा पुगेका प्रतिष्पर्धीहरुको फोटोसुट र भिडियोसुट सम्पन्न भएको छ । मोरङ्गको गोकुलम रिसोर्ट नजिक रहेको फाबेन इन होटलमा बिहीबार फाइनल २६ जना किशोरीहरुले १० दिने विभीन्न तालिम पश्चात फोटो तथा भिडियोसुट गरेका हुन् । फोटो तथा भिडियोसुटमा सहभागी किशोरीहरु निकै उत्साहित देखिएका थिए ।

तालिमका क्रममा उनीहरुले सिकेका ज्ञान र अनुभवलाई क्यामेरामार्फत प्रस्तुत गर्ने अवसर उनीहरूले पाएका थिए । विभिन्न पोजमा तस्वीर खिचाउँदै उनीहरुले आफ्नो आत्मविश्वास र कला प्रदर्शन भिडियो मार्फत पनि गरेका थिए । यो प्रतियोगिताको कोरियोग्राफी शुभेक्षा कार्कीले गरिरहेकी छिन् । फोटो र भिडियोसुट सम्पन्न भएसँगै अब प्रतिष्पर्धीहरु मुख्य प्रतिस्पर्धाका लागि थप तयारीमा जुटेका छन् ।

एसईई दिएर बसेका किशोरीहरुलाई मध्यनजर गर्दै आयोजना भएको ‘मिस एसईई ईटहरी’को पाँचौं संस्करणको यतिबेला विभीन्न व्यक्तित्व तथा बौद्धिक विकासका दैनिक जीवनमा काम लाग्ने प्रशिक्षण भइरहेको छ । आयोजक संस्था ओपन स्पेस मिडिया प्रालिका संचालक तथा यो प्रतियोगिताका निर्देशक सरोज श्रेष्ठका अनुसार २ चरणको अडिसन पश्चात २६ जना फाइनल प्रतिष्पर्धामा छन् ।

यो सौन्दर्य मात्र नभई बौद्धिक प्रतिभा प्रष्फुटन गर्ने प्रतियोगिता पनि हो । आयोजकले यसअघि यो प्रतियोगिताको ४ ओटा संस्करण सफलताका साथ सम्पन्न गरिसकेका छन् । यो प्रतियोगिताको तालिम एक महिनासम्म सञ्चालन हुनेछ । तालिम अवधिमा सहभागीहरूले व्यक्तित्व विकास, सार्वजनिक वक्तृत्वकला, नेतृत्व क्षमता, अभिनय कला, र्‍याम्प वाक, मेकअप तथा फोटोग्राफीजस्ता विभिन्न सीपसम्बन्धी प्रशिक्षण प्राप्त गर्नेछन् ।

यी सबै प्रशिक्षण अनुभवी प्रशिक्षकहरूमार्फत प्रदान गराईरहेको आयोजकले जनाएको छ । विजेताले प्लस टु सम्मको पूर्ण छात्रवृत्तिसहित विभिन्न उपहारहरू प्राप्त गर्नेछन् भने उपविजेताहरूले पनि आकर्षक गिफ्टहरू जित्ने अवसर पाउनेछन् । यो प्रतियोगिताको फाइनल जेठको अन्तिममा गरिने आयोजकको तयारी छ ।



सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

इटहरी/ कोशी प्रदेशका विवाहित महिलाहरूको सहभागिता रहने प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस पूर्वेली आइकन’ तेस्रो संस्करणको ताज इटहरीकी सृजना राउतले जितेकी

Latest










Popular
Suggested