English

को बन्ला पाँचौ संस्करणको ‘मिस एसईई इटहरी’ ? फाइनल २६ प्रतिष्पर्धीको फोटोसुट



इटहरी/ ‘मिस एसईई इटहरी’ पाँचौं संस्करणको अन्तिम प्रतिष्पर्धामा पुगेका प्रतिष्पर्धीहरुको फोटोसुट र भिडियोसुट सम्पन्न भएको छ । मोरङ्गको गोकुलम रिसोर्ट नजिक रहेको फाबेन इन होटलमा बिहीबार फाइनल २६ जना किशोरीहरुले १० दिने विभीन्न तालिम पश्चात फोटो तथा भिडियोसुट गरेका हुन् । फोटो तथा भिडियोसुटमा सहभागी किशोरीहरु निकै उत्साहित देखिएका थिए ।

तालिमका क्रममा उनीहरुले सिकेका ज्ञान र अनुभवलाई क्यामेरामार्फत प्रस्तुत गर्ने अवसर उनीहरूले पाएका थिए । विभिन्न पोजमा तस्वीर खिचाउँदै उनीहरुले आफ्नो आत्मविश्वास र कला प्रदर्शन भिडियो मार्फत पनि गरेका थिए । यो प्रतियोगिताको कोरियोग्राफी शुभेक्षा कार्कीले गरिरहेकी छिन् । फोटो र भिडियोसुट सम्पन्न भएसँगै अब प्रतिष्पर्धीहरु मुख्य प्रतिस्पर्धाका लागि थप तयारीमा जुटेका छन् ।

एसईई दिएर बसेका किशोरीहरुलाई मध्यनजर गर्दै आयोजना भएको ‘मिस एसईई ईटहरी’को पाँचौं संस्करणको यतिबेला विभीन्न व्यक्तित्व तथा बौद्धिक विकासका दैनिक जीवनमा काम लाग्ने प्रशिक्षण भइरहेको छ । आयोजक संस्था ओपन स्पेस मिडिया प्रालिका संचालक तथा यो प्रतियोगिताका निर्देशक सरोज श्रेष्ठका अनुसार २ चरणको अडिसन पश्चात २६ जना फाइनल प्रतिष्पर्धामा छन् ।

यो सौन्दर्य मात्र नभई बौद्धिक प्रतिभा प्रष्फुटन गर्ने प्रतियोगिता पनि हो । आयोजकले यसअघि यो प्रतियोगिताको ४ ओटा संस्करण सफलताका साथ सम्पन्न गरिसकेका छन् । यो प्रतियोगिताको तालिम एक महिनासम्म सञ्चालन हुनेछ । तालिम अवधिमा सहभागीहरूले व्यक्तित्व विकास, सार्वजनिक वक्तृत्वकला, नेतृत्व क्षमता, अभिनय कला, र्‍याम्प वाक, मेकअप तथा फोटोग्राफीजस्ता विभिन्न सीपसम्बन्धी प्रशिक्षण प्राप्त गर्नेछन् ।

यी सबै प्रशिक्षण अनुभवी प्रशिक्षकहरूमार्फत प्रदान गराईरहेको आयोजकले जनाएको छ । विजेताले प्लस टु सम्मको पूर्ण छात्रवृत्तिसहित विभिन्न उपहारहरू प्राप्त गर्नेछन् भने उपविजेताहरूले पनि आकर्षक गिफ्टहरू जित्ने अवसर पाउनेछन् । यो प्रतियोगिताको फाइनल जेठको अन्तिममा गरिने आयोजकको तयारी छ ।



सम्बन्धित खबरहरु

आरोही फुर्वा तेन्जिङ शेर्पा र राज गुरुङद्वयले सगरमाथाको चुचुरोमा पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा प्रशिक्षक राजुकाजी शाक्यको फोटो अंकित झण्डा

स्याङ्जाको एउटा सामान्य गाउँमा जन्मिएका राज गुरुङको जीवन यात्रा कुनै चलचित्रको कथा भन्दा कम छैन । बाल्यकाल भारतको देहरादूनमा बिताएका

लोकप्रिय गायक करण परियारको सुमधुर स्वरमा सजिएको नयाँ आधुनिक नेपाली गीत “ढाँटछेउ कतिलाई” सार्वजनिक भएको छ। नेपाली सांगीतिक क्षेत्रमा निरन्तर

वैशाख २९ गते बौद्ध पिपलबोट हुँदै चाबहिलको चुच्चेपाटीसम्म पौराणिक बुद्ध मूर्तिसहित ¥याली निकालिने श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीले जनाएको

Popular
Suggested