English

चितवनमा भेटियो दुर्लभ चरा पर्पल कोचोवा



चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि देखिएको हो । वाइल्डलाइफ फोटोग्राफर मिलन तामाङले सौराहा वार्ड नम्बर ५ स्थित मगरटोलमा यसको तस्बिर खिचेका हुन् । चितवनको लागि यो चरा नौलो भएको समेत उनले बताए । चरा भने पहिलोपटक सन्तोष चौधरीले देखेका हुन् ।

अत्यन्त लजालु स्वभावको यो प्रजातिको चरा अध्यारो बन क्षेत्रमा लुकेर बस्न मन पराउँछ । यो चरा जंगलको छाँयामा गाढा देखिन्छ र सूर्यको प्रकाशले उज्यालो पार्दा मात्र यसको रंग स्पष्ट हुन्छ । मुकुट चाँदी जस्तो नीलो देखिने यो चराको आँखामाथि कालो मास्क हुन्छ । यो प्रजातिको प्रजनन मौसम मे देखि जुलाई सम्म हुन्छ । यसले काँटामा कप आकारको गुँड बनाउँछ।

तस्बिर : मिलन तामाङ



सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested