English

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने



हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको हो । गुरुङ खेलाडीहरुले मात्र सहभागिता जनाउन पाउँने उक्त प्रतियोगिता पुरुष र महिला डबल्समा हुनेछ । गुरुङ समुदाय बीच आपसी भाईचारा अभिवृद्धिसँगै व्याडमिन्टन खेलको समेत प्रर्वद्धन हेतु उक्त प्रतियोगिता पहिलोपटक आयोजना गर्न लागिएको संघका उपाध्यक्ष तथा खेल संयोजक मेख गुरुङले बताए । प्रतियोगिता हङकङ अन्तर्राष्ट्रिय विमानस्थलको एयरपोर्ट स्टाफ क्लब हाउसमा हुनेछ । दिउँसो १२ बजेबाट हुने प्रतियोगितामा सबैको सहभागिताका लागि आयोजकले आह्वान गरेका छन् ।



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

Latest










Popular
Suggested