English

दिलीपसँग कम्मर मर्काउँदै सुनिताले ल्याइन ‘ओ बड्डा’



विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन् । ‘तीज क्विन’, की नामले समेत परिचित लोकप्रिय गायिका दुलालले माघे संक्रान्तीका अवसरमा मंगलबार सुदुर पश्चिमेली भाकाको देउडा गीत ल्याएकी हुन् ।

यसमा उनलाई चर्चित लोकगायक चक्र बलमे साथ दिएका छन् । ‘सुनिता दुलाल युटयुब च्यानल’ मार्फत सार्वजनिक गीतमा अञ्जली अधिकारी र चक्र बमको समेत अभिनय छ । चक्रकै शब्द संगीत रहेको गीतलाई गम्भिर विष्टले निर्देशन गरेका हुन् । गायिका दुलालले यसपटकको गीत आफुले गाइरहेको भन्दा फरक शैलीको रहेकाले दर्शकश्रोताहरुलाई मनपर्ने दाबी गरिन् । भिडियोमा नवराज उप्रेतीको छायाङ्कन र प्रविन भट्टको सम्पादन रहेको छ ।



सम्बन्धित खबरहरु

आरोही फुर्वा तेन्जिङ शेर्पा र राज गुरुङद्वयले सगरमाथाको चुचुरोमा पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा प्रशिक्षक राजुकाजी शाक्यको फोटो अंकित झण्डा

स्याङ्जाको एउटा सामान्य गाउँमा जन्मिएका राज गुरुङको जीवन यात्रा कुनै चलचित्रको कथा भन्दा कम छैन । बाल्यकाल भारतको देहरादूनमा बिताएका

लोकप्रिय गायक करण परियारको सुमधुर स्वरमा सजिएको नयाँ आधुनिक नेपाली गीत “ढाँटछेउ कतिलाई” सार्वजनिक भएको छ। नेपाली सांगीतिक क्षेत्रमा निरन्तर

इटहरी/ ‘मिस एसईई इटहरी’ पाँचौं संस्करणको अन्तिम प्रतिष्पर्धामा पुगेका प्रतिष्पर्धीहरुको फोटोसुट र भिडियोसुट सम्पन्न भएको छ । मोरङ्गको गोकुलम रिसोर्ट

Popular
Suggested