English

हङकङमा कवि सुमल कुमार गुरुङको एकल कविता वाचन



१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ । जोर्डनस्थित याक एण्ड यति रेष्टुरेन्टमा आयोजित कार्यक्रमको प्रथम खण्डमा कविता वाचन, दोस्रोमा मुक्तक वाचन तथा चार कविहरुद्वारा सुमलका चार कविता वाचन । र तेस्रो खण्डमा गजल वाचन गरिएको थियो । कार्यक्रम आयोजनाका लागि कवि सुमलले आयोजक संस्था हङकङ साहित्यिक साझा श्रृखलालाई धन्यवाद व्यक्त गर्दै यसको निरन्तरताका लागि शुभकामना दिएका थिए ।

नेपाली वाङ्मयको संरक्षण तथा सम्वद्र्धनका लागि साझा श्रृङ्खलाले विगत १२ वर्षयता प्रत्येक महिनाको अन्तिम आइतबार हङकङबासी नेपाली साहित्यिक सर्जकहरू भेला भएर साहित्यिक विचार–विमर्श, सृजना वाचन, पुस्तक प्रकाशन, समीक्षा तथा विभिन्न साहित्यिक व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कृत गर्दै आइरहेको सहसंयोजक रोशन याक्सोले बताए ।

जगत अम्बु गुरुङ/हङकङ



सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

Latest










Popular
Suggested