English

चनुको ‘बेग्लै खुशी’मा आकाश र करुणाको रोमान्स ( भिडियो )



गायक प्रमोद खरेलको सुमधुर आवाजमा सजिएको “बेग्लै खुशी” बोलको म्युजिक भिडियो ओएसआर  डिजिटल युट्युब च्यानलमा सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस  गीतमा रवि के अधिकारीको शब्दहरूलाई राजेन्द्र वाइवा तामाङले संगीतबद्ध गरेका छन्। गीतको मिक्स र मास्टरिङ महेश्वर मान राजभण्डारीले गरेका हुन् ।

भिडियोलाई आकर्षक बनाउन मेकअपमा समारा जोशी र क्यामेरामा दिनेश पराजुलीले साथ दिएका छन्। भिडियोमा करुणा श्रेष्ठ र आकाश श्रेष्ठले प्रेमिल जोडीको भूमिका निर्वाह गरेका छन्। भिडियोले विशेष रूपमा प्रेम सम्बन्धमा आउने उतारचढाव र सँगै बिताएका रमाइला क्षणहरूलाई प्रस्तुत गरेको छ, जसले प्रेमको गहिराइलाई दर्शाउँछ।

चनु थापा निर्मात्री रहेको यस भिडियोलाई निर्देशक निकेश खड्काको उत्कृष्ट निर्देशनमा तयार पारिएको हो।  भिडियोको सम्पादन  बिकाश धमलाले गरेका हुन्। यो म्युजिक भिडियोले  धेरैको मन जित्ने अपेक्षा गरिएको छ। निर्माण टिमले सबैलाई हेरेर सुनेर  प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्।  



सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested