English

बहुप्रतिक्षित टाटाको पन्च इभी नेपाली बजारमा सार्वजनिक



टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंग प्रा.लि. ले पन्च इभी नेपाली बजारमा सार्वजनिक गरेको छ । राजधानीको भृकुटी मण्डपमा आजदेखि सुरु भएको “१६ औं टाटा इभी नाडा अटो सो २०२४“ मा पन्च इभीको विक्री वितरण आरम्भ गरेको हो । टाटा पन्च इभी शुरुवाति मूल्य रु. ३३ लाख ९९ हजारमा सार्वजनिक गरिएको हो ।

बहुप्रतिक्षित पन्च इभी उत्कृष्ट एक्ट इभी प्योर प्ल्याटफर्म आर्किटेक्चरमा आधारित टाटाको पहिलो उत्पादन पन्च इभी अत्याधुनिक प्रविधियुक्त छ । १६ इन्च एलआरआर टायर, १९० मिमी ग्राउन्ड क्लियरेन्सको साथ पन्च इभीमा २५ किलोवाट (एमआर) र ३५ किलोवाट (एलआर) दुई भिन्न ब्याट्री प्याक रहेका छन् । यसका साथै यस गाडीमा ९०–डिग्रीको कोणमा खुल्ने ढोका, ३६६ लिटरको बुट स्पेस, फ्रंकमा १४ लिटरको थप स्पेस रहेको छ । नेपालको विभिन्न भुभागमा गरेको परीक्षणको अनुसार गाडीले २७० देखि २९० किलोमिटर सम्मको रेञ्ज प्रदान गर्नेछ । पन्च इभीमा १ लाख ६० हजार किलोमिटर वा ८ वर्षसम्मको वारेन्टी दिएको छ ।

टाटा मोटर्स पेसेन्जर इलेक्ट्रिक मोबिलिटीका चिफ स्ट्राटिजी अफिसर बालाजी राजनको अनुसार “नेपाली बजारमा टियागो इभी र नेक्सन इभीको सफलता पछि पन्च इभी सार्वजनिक गर्न पाउँदा हामीले अत्यन्त खुसी छौ । भारतमा अत्यन्तै लोकप्रिय टाटा पन्च मासिक रूपमा १८ हजार युनिटभन्दा बढी बिक्री भइरहेको छ । र हामी पन्च इभीले धेरै भन्दा धेरै नेपाली ग्राहकहरुको पनि मन जित्ने कुरामा हामी पूर्ण विश्वस्त छौ । सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठको अनुसार “टाटा मोटर्ससँगको व्यापारिक साझेदारीमा पन्च इभी नेपालमा सार्वजनिक गर्न पाउँदा हामी हर्षित अनि उत्साहित छौ । लामो समय देखि नेपाली बिद्युतीय गाडीको बजारमा नेतृत्वदायी भूमिका निर्वाह गरेको सिप्रदीले पन्च इभी संगै नेपाली बजारमा फेरी यहि स्थान कायम गर्नेमा हामी विस्वस्त छौ। अत्याधुनिक प्रविधियुक्त कम्प्याक्ट एसयुभी – पन्च इभीले हाम्रो ग्राहकहरुलाई वातावारणमैत्री, आरामदायी र सुरक्षित यात्राको अनुभुति पाउनु हुनेछ ।” नेपालभरी टाटा इभी गाडीका लागि २६ डिसी फास्ट चार्जिङ्ग स्टेशन, १५०+ एसी फास्ट चार्जिङ्ग, १५०+ एसी स्लो चार्जिङ्ग नेटवर्क छ। यसैगरि १६ इभि डेडिकेटेड सेवा सञ्जाल, र २२ बटा बिक्री केन्द्र रहेका छन ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested