English

आज विश्व हात्ती दिवस : संकटमा हात्ती



हरेक वर्ष अगष्ट १२ तारिखलाई विश्व हात्ती दिवसका रुपमा मनाईन्छ । सन् २०१२ देखि यो दिवस मनाउन थालिएको हो । यस दिवसको लक्ष्य हात्ती संरक्षणका लागि विश्वलाई एकबद्ध गर्नु हो । जलवायु परिवर्तनका कारण पर्यावरणमा आएको तिव्र परिवर्तन र हात्तीको दाँतको चोरी सिकारीले पृथ्वीमा भएकामध्ये जमिनमा बस्ने सबैभन्दा ठूलो जनावर आज निकै संकटपूर्ण अवस्थामा पुगेको छ । पेट भर्न असाध्यै विविधतायुक्त र धेरै मात्रामा खानेकुरा खानुपर्ने, खान्कीको अभाव भइरहने, बासस्थानमा प्राकृतिक प्रकोपको आक्रमण भइरहने लगायतका कारणले हात्तीको संख्यामा गिरावट आइरहेको छ ।

हाल एशियामा ४० देखि ५० हजार हात्तीको संख्या अनुमान गरिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता केन्द्र सौराहा,चितवनले प्रकाशित पुस्तकमा नेपालको तराई चुरे क्षेत्रमा करिब २०० जंगली हात्तीहरु चारवटा झुन्ड कोशिदेखी झापासम्म ७–१५, चितवनदेखी सर्लाहिसम्म ४०–६०,बर्दिया ८०–१२० र शुक्लाफाँटामा १०–१५ बिचरण गर्ने गरेको उल्लेख छ ।

बाघ, गैंडालगायत अन्य धेरै प्रजातिबारे अध्ययन–अनुसन्धान धेरै भएका छन् भने संरक्षणका विशेष कार्यक्रम सरकारी तथा गैरसरकारी निकायबाट हुने गरेका छन् तर संरक्षणका हिसाबले उत्तिकै खतरामा परेको भए पनि हात्तीको अध्ययन–अनुसन्धान तथा संरक्षण प्रयास कमै मात्र भएको देखिन्छ

हालसम्म नेपालमा रहेको हात्तीको संख्या वैज्ञानिक पद्धतिबाट एकिन हुन सकेको छैन । त्यस्तै कति हात्ती रैथाने छन् र कति भारतबाट बसाइँसराइ गरी आउनेजाने गर्छन् भन्नेबारे पनि जानाकारी छैन । हात्तीसँग द्वन्द्व न्यूनीकरणका लागि विद्युतीय तारबार वा अन्य छेकबार निर्माणबाहेक संरक्षणका अन्य प्रयास कमै मात्र भएका छन् ’।

हात्तीको करिव २२ देखि २४ महिना गर्वाधारण अवधी हुन्छ । भाले हात्ती १६ बर्ष देखि र ढोइहात्ती ९ देखि १२ बर्षसम्म प्रजननका लागि परिपक्व हुने गर्छन् ।

सुन्दा अचम्म लाग्न सक्ला प्रजनन केन्द्रमा अधिकांश हात्ती जङ्गलका भाले हात्तीबाट गर्भवती हुने गरेका छन् । चितवनमा पालिएका भाले हात्ती नभएका होइनन् तर अधिकांश ढोई चितवनका वनमा हिड्ने जंगलीसँगको संसर्गपछी गर्भवती हुने गरेका छन्



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested