English

कर तिर्ने म्याद थप गर्न महासंघको आग्रह



नेपाल उद्योग वाणिज्य महासंघले कर तिर्ने म्याद थप गर्न सरकारसँग आग्रह गरेको छ । मंगलबार विज्ञप्ति जारी गर्दै महासंघले मुलुकको अधिकांश जिल्लामा निषेधाज्ञा जारी भएकाले यो परिस्थितिलाई बुझ्न आग्रह गरेको हो ।

यस्तो अवस्थामा सार्वजनिक सवारीसाधन बन्द भएको, उद्योग प्रतिष्ठानका कर्मचारी तथा कामदारहरु समेत स्वास्थ्य संवेदनशीलताका कारण आवतजावत गर्न नसक्ने भन्दै महासंघले म्याद थप गर्न आग्रह गरेको हो ।

यसका लागि महासंघले सरकारका सम्बन्धित निकायलाई पत्राचार गरिसकेको छ । मूल्य अभिवृद्धि कर तथा अन्तः शुल्क, आय करको अग्रिम कर कट्टी लगायतका करहरुको विवरण बुझाउने म्याद र रकम भुक्तानीको समय थप गर्न भन्दै पत्राचार गरिएको महासंघले जनाएको छ ।

गत वर्षको लामो लकडाउनका कारण भर्खरै तंग्रिन सुरु गरेको व्यापार व्यवसाय दोस्रो लहरका कारण पुनः जटिल अवस्थामा आइपुगेको छ । यस्तो अवस्थामा सार्वजनिक सवारीसाधन बन्द भएको, उद्योग प्रतिष्ठानका कर्मचारी तथा कामदारहरु समेत स्वास्थ्य संवेदनशीलताका कारण आवतजावत गर्न नसक्ने भन्दै महासंघले म्याद थप गर्न आग्रह गरेको हो ।

यसैगरी, नेपाल उद्योग वाणिज्य संघ काठमाडौं र नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले पनि यस्तो अवस्थामा कर तिर्न नसकिने भन्दै म्याद थप्न गर्न आग्रह गरेका छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested