बुढानीलकण्ठले सुरु गर्यो नि:संक्रमण अभियान



बुढानीलकण्ठ नगरपालिका वडा नं १० ले कोभिड –१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि दैनिक दुई पटक खाद्यान्न तथा तरकारी पसल नि:संक्रमण अभियान सुरु गरेको छ । निषेधाज्ञाको समय ख्याल गर्दै बिहानबेलुकी वडाका खाद्यान्न तथा तरकारी पसल दिनमा दुई पटक डिसइन्फेक्सन गर्न थालिएको हो ।

एक पटक कुनै पनि खाद्यान्न तथा तरकारी पसल डिसइन्फेक्सन गर्दा स्थान ६ घण्टासम्म नि:संक्रमित बनाउन सकिन्छ । बुनपा –१० क्षेत्रमा निषेधाज्ञाका समयमा खाद्यान्न तथा तरकारी पसल बिहान ६ देखि १० बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म दिनमा दुई पटक मात्र खुल्छ ।

अभियानको उद्देश्य जनमानसलाई सुरक्षित स्थानमा दैनिक उपभोग्य सामग्री खरीद गर्ने वातावरण निर्माणसँगै आफ्नो घर तथा वरिपरिका क्षेत्रमा पनि डिसइन्फेक्सन गर्न वडाबासीलाई सुसूचित गरी नागरिक सचेतना अभिवृद्धि गर्ने मुख्य लक्ष्य रहेको बुनपा –१० का वडाध्यक्ष नवराज भट्टराईले बताए ।

सो अभियानका लागि स्वयंसेवकका दैनिक पाँच समूह परिचालन गरिएको छ । सो कार्यमा नारायणचोक युवा क्लब र एनएच आरसिएनलगायत विभिन्न सङ्घसंस्थाका स्वयंसेवक संलग्न छन् ।



...
रैथाने जनजीवन र स्थानीय उत्पादनको प्रवर्द्धन गर्न कृषि मेला (फोटो फिचर) - Mero LifeStyle Mero LifeStyle

[…] बुढानीलकण्ठस्थित मन्दिर परिसरमा शुक्रबारदेखि सुरु भएको उक्त नगरपालिका भित्रको रैथाने संस्कृति र रैथाने जनजीवनको पनि बहस सुरु गराउने उद्देश्य रहेको नगरपालिकाकी उपमेयर अनिता लामाले बताइन् । ‘स्थानीय तहमा संस्कृति, सम्पदा तथा स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले यस स्टल आयोजना गरिएको हो ।’ उनले भनिन् ‘हात बजारको अवधारणामा यस्तो कार्यक्रम कम्तीमा पनि महिनामा एक पटक प्रत्येक वडामा गर्ने योजना बनाएका छौँ । स्टलमा सहभागी भएकाहरूलाई नै समेते समिति गठन गर्छौ र त्यही टिमलाई परिचालन गरेर उनीहरूकै नेतृत्वमा अव यस्तो कार्यक्रम गर्ने छौ ।’ यसपटक अपेक्षा गरेभन्दा बढी स्टलहरू राख्न आएको उनले बताइन् । […]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र यूएईबीचको फाइनल खेल भाेलि मंगलबार हुने भएको छ । भोलिकाे खेल यही अवस्थाबाट सुरु

आइतबार साँझ मुम्बईको यशराज स्टुडियोस्थित प्रिभ्यु थिएटरमा प्रख्यात भारतिय निर्देशक मणिरत्नम द्वारा निर्देशित चलचित्र पि एस टुको विशेष प्रदर्शन गरियो

नेपाल एसिसी प्रिमियर कपको फाइनलमा पुगेको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा कुवेतविरुद्धको सेमिफाइनल खेल वर्षाका कारण रद्द भएसँगै नेपाल फाइनलमा

एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले कुवेतसँग खेल्ने भएको छ ।  कुवेतले दिएको २७३ रनको लक्ष्य पछ्याएको हङकङ अन्तिम बलमा