English

बुढानीलकण्ठले सुरु गर्यो नि:संक्रमण अभियान



बुढानीलकण्ठ नगरपालिका वडा नं १० ले कोभिड –१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि दैनिक दुई पटक खाद्यान्न तथा तरकारी पसल नि:संक्रमण अभियान सुरु गरेको छ । निषेधाज्ञाको समय ख्याल गर्दै बिहानबेलुकी वडाका खाद्यान्न तथा तरकारी पसल दिनमा दुई पटक डिसइन्फेक्सन गर्न थालिएको हो ।

एक पटक कुनै पनि खाद्यान्न तथा तरकारी पसल डिसइन्फेक्सन गर्दा स्थान ६ घण्टासम्म नि:संक्रमित बनाउन सकिन्छ । बुनपा –१० क्षेत्रमा निषेधाज्ञाका समयमा खाद्यान्न तथा तरकारी पसल बिहान ६ देखि १० बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म दिनमा दुई पटक मात्र खुल्छ ।

अभियानको उद्देश्य जनमानसलाई सुरक्षित स्थानमा दैनिक उपभोग्य सामग्री खरीद गर्ने वातावरण निर्माणसँगै आफ्नो घर तथा वरिपरिका क्षेत्रमा पनि डिसइन्फेक्सन गर्न वडाबासीलाई सुसूचित गरी नागरिक सचेतना अभिवृद्धि गर्ने मुख्य लक्ष्य रहेको बुनपा –१० का वडाध्यक्ष नवराज भट्टराईले बताए ।

सो अभियानका लागि स्वयंसेवकका दैनिक पाँच समूह परिचालन गरिएको छ । सो कार्यमा नारायणचोक युवा क्लब र एनएच आरसिएनलगायत विभिन्न सङ्घसंस्थाका स्वयंसेवक संलग्न छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

Latest










Popular
Suggested