English

‘स्ट्रिक्स प्रोफेसनल’ को नयाँ कलेक्सन ‘मर्कुरिअल’ सार्वजनिक



‘स्ट्रिक्स प्रोफेसनल’ले आफ्नो नयाँ कलेक्सन ‘मर्कुरिअल’ सार्वजनिक गरेको छ । यो प्रदर्शनी विशेष गरी सैलुन व्यवसायी र हेयर स्टाइलिस्ट लक्षित गरी आयोजना गरिएको कम्पनीले बताएको छ । सेलिब्रिटी स्टाइलिस्ट विपुल चुदासमाका साथ एक भव्य सोको आयोजना गर्दै स्ट्रिक्स प्रोफेसनलले आफ्नो नयाँ कलेक्सनहरु सार्वजनिक गरेको हो । कपालको हेरचाहका लागि सैलुन व्यवसायी र हेयर स्टाइलिस्ट माझ प्रख्यात स्ट्रिक्स प्रोफेसनलले मर्कुरिअल कलेक्सन विशेष रहेको बताएको छ ।

यसले दिक्क लाग्दो, साधारण र एकोहोरो जीवनको मनस्थितिलाई रोमान्चक, अनुपम र फरक सम्भावनाका तहमा लैजाने र यसैलाई कपालको कटाइ, रङ्ग र स्टाइल झल्काउने दाबी गरेको छ । स्ट्रिक्सको अन्य कलेक्सनमा सुपरर्चाज्ड, नेचुरल मी र अदरवाइज लगायत रहेका छन् । स्ट्रिक्स प्रोफेसनलकी विभागीय प्रमुख रोसेल छाबराले ब्रान्डसँग विभिन्न उत्कृष्ट रोजाइ रहेको बताइन । कार्यक्रममा स्ट्रिक्स प्रोफेसनलका विभिन्न उत्पादनबाट सृजित केशसज्जाका संग्रहहरू समेत प्रस्तुत गरिएको थियो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

इटहरी/ कोशी प्रदेशका विवाहित महिलाहरूको सहभागिता रहने प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस पूर्वेली आइकन’ तेस्रो संस्करणको ताज इटहरीकी सृजना राउतले जितेकी

Latest










Popular
Suggested