English

मानसिक स्वास्थ्य सम्बन्धी बुझ्न पढ्नै पर्ने एक पुस्तक

'अन्तर्मनका रंगहरू'


नेपाली समाजमा मानसिक स्वास्थ्यलाई लाजको विषय बनाइने गरेको छ । मानसिक समस्या ढाकछोप गर्नाले रोग झन जटिल बन्दै गैरहेको हुन्छ । मानसिक रोग एकपटक लागेपछि कहिल्यै सन्चो हुँदैन भन्ने भ्रम व्याप्त छ । यसै भ्रमलाई चिर्न विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा खिमा रिजालको यसै सम्बन्धी पुस्तक ‘अन्तर्मनका रंगहरू’ विमोचन भएको छ ।

पुस्तकमा रिजालले कामको सिलसिलामा अध्ययन गरेका मनोपरामर्श र आचारसंहिता ,मानसिक स्वास्थ्य र जटिलता, त्यसको समाधान, तनाव व्यवस्थापन आत्महत्या रोकथाम,मनोत्रास चिन्ताजन्य विकार ,लैङ्गिक हिंसामा मनोसामाजिक सहयोग,कन्भर्सन डिसअर्डर ,छारेरोग,उदासीनता, मेनोपज, लागुपदार्थ सम्बन्धी समस्या , इन्टरनेटको लत सिजोफ्रेनिया लगायतका बिषयमा घटना अध्ययन र त्यसको समाधानसहित मिहिन ढंगले बर्णन गरेका छन् । अनामिकाको सुन्दर आवरण चित्र रहेको यो पुस्तक हरेकले पढ्न जरूरी छ ।

तस्विर : मेरो लाइफस्टाइल



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले धरानलाईन, इटहरी र लायन्सचोक, नारायणगढमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यी सर्भिस सेन्टरहरु

काठमाडौं। युवा गायक बिरज महर्जनको नयाँ म्युजिक भिडियो ‘साइली’ र नेपाल भाषाको ‘छ लिसे’ बोलको म्युजिक भिडियो एकसाथ सार्वजनिक भएको

काठमाडौं : टेलिटकले नेपाली बजारमा एम८ सिरिजका दुई स्मार्टफोनहरु सार्वजनिक गरेको छ । उत्कृष्ट कार्यसम्पादन, सहज प्रयोग अनुभव तथा आधुनिक

काठमाडौंः नेपाल मर्चेन्ट बैंकर्स संघ (MBAN) का कार्यसमिति सदस्यहरूले आज नेपाल धितोपत्र बोर्ड (SEBON) का नवनियुक्त अध्यक्ष डा. गोपाल प्रसाद

Latest










Popular
Suggested