English

‘मुटु रोगबाट बच्न जीवनशैली सुधार्नै पर्छ’



हरेक वर्ष सेप्टेम्बर २९ का दिन विश्व मुटु दिवस मनाउँदै आइएको छ । नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रमहरू आयोजना गरी यो दिवस मनाइएको छ । तर, नेपालमा मुटु रोगीको संख्या भने बढ्दै गएको चिकित्सकहरू बताउँछन् । आधुनिक जीवनशैली, खानपान, अल्छीपनाले गर्दा मुटु रोगीको संख्या बढ्दै गएको मुटुरोग विशेषज्ञ, डा. अनिल भट्टराई बताउँछन् । मुटुसम्बन्धी वंशाणुगत समस्याले गर्दा पनि मानिसहरू पीडित छन् । केही कुरामा ध्यान दिने हो भने मुटु रोगबाट बच्न सकिने विज्ञहरूले बताउँदै आएका छन् । मुटु दिवसको अवसरमा मुटुमा लाग्ने रोग, ध्यान दिनुपर्ने कुरा, उपचार पद्धति लगायतका विषयमा केन्द्रित रहेर डा. भट्टराईसँग गरिएको कुराकानी :

मुटुमा देखिने मुख्य समस्याहरू के के हुन् ?

मुटुमा लाग्ने विभिन्न रोगहरूलाई समग्रमा दुई किसिमले विभाजन गर्न सकिन्छ । एउटा जन्मजात मुटु रोग, जुन चाहिँ मान्छे जन्मिँदै कुनै न कुनै मुटु रोग लिएर आउने भयो । अर्को चाहिँ वयस्क उमेरमा हुने मुटु रोग । जन्मजात मुटु रोग धेरै किसिमका छन् । जन्मजात मुटु रोग सामान्यदेखि एकदमै जटिल खालका हुन्छन् । त्यसमा सामान्य मुटुमा प्वालदेखि मुटुको मुख्य नली उल्टो बस्ने, बच्चा जन्मिदा नै निलो हुने कडा खालका मुटु रोगहरू पनि हुन सक्छन् । कतिपय मुटु रोगहरूमा बच्चा जन्मने बित्तिकै तुरुन्तै अपरेसन गरिएन भने जीवन सम्भव हुँदैन ।

अर्को हो वयस्क मुटु रोग, जसमा जीवन जिउँदै जाँदा मुटुको भल्बहरु खराब हुने गर्छ । यस्ता मुटु रोगमध्ये अहिले नेपालमा बाथ मुटु रोगले धेरै मान्छेको भल्भ खराब बनाइरहेको छ । मुटु रोगको अप्रेसन गर्ने भनेको भल्भ फेर्ने नै हो । बाथ मुटु रोग अहिले नेपालमा खतरनाक रूपमा बढिरहेको छ । विशेष गरी मुटुलाई रक्तसञ्चार गर्ने नलीहरूमा कुनै पनि कारण अवरोध आएको खण्डमा मुटुको कुनै पनि भागको मांसपेशीको मृत्यु हुन सक्छ । त्यसलाई नै हृदयाघात अथवा हार्ट अट्याक भनिन्छ । यो रोग पनि बढ्दो छ ।

कस्ता व्यक्तिमा मुटु रोगको सम्भावना बढी हुन्छ ?

जन्मजात मुटु रोग विशेष गरी वंशाणुगत हुनसक्छ । कुनै पनि परिवारमा जन्मजात मुटुसम्बन्धी रोग थियो भने त्यो परिवारबाट जन्मने बच्चामा पनि मुटु रोग हुन सक्ने सम्भावना हुन्छ । त्यसपछि गर्भवती महिलाले धूम्रपान, मद्यपान बढी गर्ने, आहार विहारको कमी भएको खण्डमा त्यस्ता आमाबाट जन्मेको बच्चाहरूमा जन्मजात मुटु रोगको समस्या हुन सक्छ ।

मुटु रोगसम्बन्धी वंशाणुगत इतिहास छ भने त्यस्ता परिवारमा आउने नयाँ सदस्यमा पनि मुटुमा रोग लाग्न सक्ने सम्भावना हुन्छ । त्योबोहक वयस्क व्यक्तिहरूमा धूम्रपान, मद्यपान गर्ने, शारीरिक व्यायाम नगर्ने, मोटोपना भएको व्यक्तिहरू अत्यधिक मात्रामा कार्बोहाइड्रेट, आलु, गुलियो, बोसोजन्य मासु धेरै खाने व्यक्तिमा मुटु रोगको समस्या देखिन सक्छ । साथै, मधुमेहका बिरामीलाई पनि मुटु रोग लाग्न सक्ने सम्भावना बढी हुन्छ । जो व्यक्तिले धेरै चिन्ता तनाव लिन्छ त्यस्तो व्यक्तिलाई पनि मुटु रोग लाग्न सक्ने सम्भावना हुन्छ ।

मुटु रोगीको संख्या बढ्नुको कारण के हो ?

मुटुका धेरैजसो रोग जीवनशैलीसँग सम्बन्धित छन् । त्यस कारण हृदयाघात पनि जीवनशैली र खानपानका कारण हुने रोग हो । मुटु रोगको मुख्य कारण आलस्य जीवनशैली हो । बढ्दो व्यस्त जीवन, आधुनिक सभ्यता, चिल्लो बढी भएको खानपान, मद्यपान तथा धूम्रपानको लत, अत्यधिक तनाव, शारीरिक श्रमको कमी तथा व्यायामको कमी नै हृदयाघातका प्रमुख कारण हुन् । तीमध्ये धूम्रपान, उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, मधुमेह, मोटोपन, व्यायामको कमी र मानसिक तनावलाई सबैभन्दा ठूलो कारकका रूपमा लिइन्छ ।

मुटुलाई स्वास्थ्य राख्न के–के कुरामा ध्यान दिनुपर्छ ?

मुटु रोगबाट बच्नका लागि सबैभन्दा पहिले जीवनशैलीलाई सुधार्नु पर्छ । स्वस्थ खाना खाने, नियमित रूपमा योग, ध्यान साधना गर्ने, शारीरिक रूपमा संलग्न भई पसिना आउने गरी खेल खेल्ने । धूम्रपान मद्यपानबाट टाढा रहेर सृजनात्मक कार्यमा सरिक रहने, अत्यधिक चिल्लो, पिरो, अमिलो तथा जंक फुडको प्रयोगलाई कम गर्ने, नियमित रूपमा ब्लड प्रेसर चेक गर्ने, मधुमेहको जाँच गर्ने तथा मुटु रोग सम्बन्धी शङ्का लागेको खण्डमा चिकित्सकसँग परामर्श लिइयो भने धेरै हदसम्म जोखिमबाट टाढा रहन सकिन्छ ।

यो पनि…
मुटुका बिरामी घरमै कसरी सुरक्षित रहने ?
ट्राफिक र विमानबाट निस्किने आवाज मुटुका लागि खतरनाक !



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested