English

नेपालमा कोरोना संक्रमितको नयाँ रेकर्ड



नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार २ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ३ लाख ३६ हजार ३० पुगेको छ । त्यस्तै नेपालमा कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३ हजार ३२५ पुगेको छ । त्यस्तै गत २४ घण्टामा १ हजार ६१२ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या २ लाख ८३ हजार ९ सय ९४ पुगेको छ ।

त्यस्तै नेपालको क्वारेन्टाइनमा ६७ जना रहेका छन् भने ४८ हजार ७ सय ११ जना आइसोलेशनमा रहेका छन् । गत २४ घण्टामा नेपालमा १६ हजार ७ सय ७० जनाको कोरोना परीक्षण भएको छ । जसमध्ये आरटी पीसीआर परीक्षण १६ हजार १ सय ४७ र ६ सय २३ जनाको एन्टिजेन परीक्षण भएको छ । यो नेपालमा एकैदिन भेटिएका कोरोना संक्रमितको अहिलेसम्मकै धेरै संख्या हो । यसअघि नेपालमा २१ अक्टोबर २०२० मा एकैदिन ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

अहिलेसम्म नेपालमा २५ लाख ४ हजार ४ सय ७६ जनाको परीक्षण भएको छ । त्यस्तै गत बिहीवार यता नेपालमा ६० हजार ५९२ पीसीआर परीक्षण भएकोमा २३ हजार ३३१ मा कोरोना संक्रमण पुष्टि भएको छ भने ४ हजार ७१५ जना डिस्चार्ज भएका छन् ।

त्यस्तै आज काठमाडौं उपत्यकामा ३ हजार ५ सय ९५ जनामा संक्रमण पुष्टि भएको छ । जसमा भक्तपुरमा ३ सय १, ललितपुरमा ५ सय ५० र काठमाडौंमा २ हजार ७४४ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।



सम्बन्धित खबरहरु

बैंकिङ क्षेत्र एक समय देशको आर्थिक स्थायित्वको पर्याय मानिन्थ्यो । यो क्षेत्रले केवल वित्तीय कारोबार मात्र होइन समग्र आर्थिक गतिशीलतालाई

नेपाली चलचित्र ‘परान’ ले रिलिज भएको केही दिनमै दर्शकको मन जित्न सफल भएको छ । चौतर्फी प्रशंसा र सकारात्मक प्रतिक्रियासँगै

काठमाडौँमा आज सम्पन्न विशेष कार्यक्रममा सो पुरस्कार प्रदान गरिएको हो ।५१ हजार राशी रहेको सो पुरस्कार वरिष्ठ गायक कमल बि.के.

कार्त्तिक २०, काठमाडौं। लुम्बिनी लायन्सले भारतीय प्रशिक्षक रोबिन सिंहलाई मेन्टर नियुक्त गरेको छ। लुम्बिनीले मंसिर १ देखि २७ गतेसम्म आयोजना

Latest










Popular
Suggested