English

कृत्रिम अभाव रोक्न बजार अनुगमन



कोभिड–१९ संक्रमणका कारण सुर्खेतमा जारी निषेधाज्ञामा खुला गरिएका अत्यावश्यक खाद्यान्न, फलफूल, तरकारी तथा स्वास्थ्यसँग सम्बन्धित पसलहरुको स्थलगत अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतको संयोजकत्वमा शनिवार यहाँका औषधि पसल, खाद्यान्न पसल, तरकारी पसल, शब्जी मण्डीलगायत अन्य पसलहरुको अनुगमन गरिएको हो ।

निषेधाज्ञाका बेलामा बजारमा कालोबजारी हुने तथा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तालाई मर्कामा पार्ने काम हुने भएकाले स्थलगत अनुगमन गरिएको सहायक प्रजिअ महतले बताए। उनले भने , ‘औषधि पसलहरुमा मास्क र सेनिटाइजरको प्रयोग तथा बिक्री दरलगायतको बारेमा बुझिएको छ ।’

त्यस्तै वीरेन्द्रनगरका १३ वटा दैनिक उपभोग्य वस्तुका पसल तथा तरकारी मण्डीको अनुगमन गरिएको छ । अनुगमनका क्रममा विशेषगरी तेलको प्रति पोका १ सय ३९ रुपैयाँ भएर आएको र पिठोको मूल्यसमेत वृद्धि भएको पाइएको महतले बताए । तेलको मूल्यको विषयमा बुझेर त्यसको मूल्य नियन्त्रण गरिने उनले जनाकारी दिए ।

‘बाहिरबाट आउने सामग्रीको सुब्बाकुना सुर्खेत र वीरेन्द्रनगर बजारका तरकारी मण्डी तथा खाद्य पसल व्यापारीहरुलाई दैनिकरूपमा उपभोग्यवस्तु तथा तरकारीहरुको मूल्य सूचीको प्रतिलिपि जिल्ला प्रशासनमा बुझाउन पनि निर्देशन दिइएको छ,’ उनले भने ।

दैनिक उपभोग्य वस्तुहरु आयात गर्ने कुनै पनि गाडी नरोकिएकाले व्यापारीले अस्वाभाविक मूल्य वृद्धि गराएको पाइएमा कारवाही गर्ने चेतावनी दिँदै उनले व्यापारीहरुलाई स्वास्थ्य मापदण्ड अपनाएर तोकिएको समयभित्र सामान विक्रीवितरण गर्न सुझाव दिएका छन् ।

‘बाहिरबाट आउने सामग्रीको सुब्बाकुना सुर्खेत र वीरेन्द्रनगर बजारका तरकारी मण्डी तथा खाद्य पसल व्यापारीहरुलाई दैनिकरूपमा उपभोग्यवस्तु तथा तरकारीहरुको मूल्य सूचीको प्रतिलिपि जिल्ला प्रशासनमा बुझाउन पनि निर्देशन दिइएको छ,’ उनले भने ।

अनुगमनमा प्रशासनसहित उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ सुर्खेत र सुरक्षा निकायको सहभागिता रहेको थियो ।

सुर्खेतमा वैशाख १४ देखि २१ गतेसम्म कोरोना रोकथाम, नियन्त्रण, उपचार तथा प्रतिकार्यका लागि निषेधाज्ञा जारी गरिएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती