English

यस्तो छ हरितालिका तीजको महिमा, कसरी बस्ने व्रत ?



तीज सबै हिन्दु नारीहरूको महान् पर्व हो । पौराणिक कालदेखि नै तीज को व्रत बस्ने धार्मिक परम्परा रही आएको छ । पौराणिक मान्यता अनुसार पार्वतीले शिवजीलाई पतिको रूपमा पाउनको लागि वर्षौँसम्म कठोर तपस्या गरेकी थिइन् । नेपालमा विवाहित, अविवाहित महिलाहरू आफ्नो श्रीमानको लामो आयु, सुस्वास्थ्यको कामनाको लागि व्रत बस्ने चलन भनिए पनि यो भ्रमपूर्ण छ । नारीले परिवार, राष्ट्र र आफ्नो कल्याणका लागि तीजको व्रत बस्छन् ।

तीजको व्रत कसरी बस्ने ?

तीजको व्रत विशेष गरेर पाँच दिन मनाइन्छ । दर खाने अघिल्लो दिनबाट तीज सुरु हुन्छ । बुबा–दाजुभाइले श्रीमती, छोरी चेलीलाई मिठो भोजन खुवाउनका लागि अघिल्लो दिन सामग्री जोहो गर्छन् । यो दिन तीजको पहिलो दिन भनिन्छ । दर खाने दिन तीजको दोस्रो दिन, परिवारका सबै छोरी चेली जम्मा भई दूधबाट बनेका परिकार (खीर, ढकनी) लगायत शुद्ध शाकाहारी भोजन खाइन्छ । लौकिक प्रचलन अनुसार भाद्र शुक्ल द्वितीयाका दिन (दर खाने दिन) राति १२ बजे भन्दा अगावै खाइसक्नुपर्ने हुन्छ ।

तृतीयाका दिन अर्थात् तीजका दिन बिहानै उठ्ने स्नान गर्ने, शुद्ध वस्त्र लगाएर पवित्र हुने । निराहार (केही नखाई बस्ने व्रत), निर्जला (पानी नपिई बस्ने व्रत), जलाहार (दूध, पानी जस्ता तरल पदार्थ खाएर बस्ने), फलाहार (फलफूल खाएर बस्ने व्रत), नक्तभोजी (एक छाक शुद्ध शाकाहारी खाना खाएर बस्ने व्रत) मध्ये शरीरको सामर्थ्य अनुसार व्रत बस्न सकिन्छ ।

दिनभरि उपासना गरेर साँझ पूजा गर्ने, रातभर दियो बाल्ने र सक्नेले नाच्ने, भजन कृतन गर्ने गर्दछन् । रातभरि जागराम बसेर चौथौँ दिन बिहान स्नान गरेर पूजा गर्ने र व्रत समापन गर्न आफैँ उम्रेका खानेकुराहरू भोज्य सामाग्रीको रूपमा प्रयोग गर्ने चलन छ ।
पाँचौँ दिन अर्थात् ऋषि पञ्चमीका दिन ऋषिका पत्नी अरून्धतीको पूजा गरिन्छ । पौराणिक कथनअनुसार नारीहरू रजस्वला हुँदा जानेर वा नजानीकनै गरिएका पापबाट मुक्ति पाउनका लागि ऋषि पञ्चमी व्रत बस्ने गरिन्छ ।

ऋषि पञ्चमी व्रतमा महिलाहरूले नदी, ताल, तलाउ, पोखरीमा दतिवनले दाँत माझेर, चोखो माटो, तिल र गोबर लगाई स्नान गर्ने र चोखो वस्त्र पहिरेर मध्याह्नमा अरून्धतीसहित सप्त ऋषिको षोडशोपचार विधिले पूजा गरी ब्राह्मणलाई दान दक्षिणा दिने प्रचलन छ ।

हरितालिका र तीजको सम्बन्ध

हरितालिका तीजको कथा देवीद्वारा हरण गरिएको पार्वतीसँग जोडिएको छ । पार्वतीको विवाह उनका पिता हिमालयले भगवान विष्णुसँग गरिदिन लागेका थिए । तर, पार्वती बाल्यकालबाट नै शिव भक्त थिइन् । उनैसँग विवाह गर्न चाहन्थिन् ।

हरितालिकाको शाब्दिक अर्थलाई केलाउँदा ‘हरिता’ र ‘अलिका’ भन्ने शब्दबाट बनेको हो । यसमा रहेको ‘हरिता’ भन्ने शब्दले ‘हरण’ गरिएको भन्ने अर्थ र ‘अलिका’को अर्थ साथीहरूद्वारा भन्ने अर्थ बुझाउँछ ।

पार्वतीले साथीहरू द्वारा हरण भई जंगलमा गएर निर्जला व्रत सुरु गरिन् । बालुवाबाट शिव लिङ्गको मूर्ति बनाई पूजा आराधना गरिन् । शिव नै ब्राह्मणको भेष धारण गरेर आउँदा उनको त्यो भक्ति र प्रेम देखेर प्रसन्न भएको र शिवलाई पार्वतीले पतिको रूपमा प्राप्त गर्छिन् । यही दिन भाद्र शुक्ल तृतीया पर्ने भएकाले महिलाहरूले व्रत बस्ने परम्परा छ ।

(पोखरेलसँगको कुराकानीमा आधारित)

यो पनि…
‘साउने सोमबारको व्रतमा भोकै बस्न पर्दैन’
पशुपतिनाथमा भक्तजन (फोटो फिचर)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested