English

‘साउने सोमबारको व्रतमा भोकै बस्न पर्दैन’



साउन महिना शिवसँग जोडिएको महिना हो । विशेष गरी महिलाहरू साउनको सोमबार व्रत बसी शिवको पूजा आराधना गर्छन् । यसो गर्दा आफू, श्रीमान्, सन्तान एवं परिवार सबैको कल्याण हुने धार्मिक विश्वास छ । त्यसो त हिन्दु धर्मावलम्बीहरू साउन महिनालाई विशेष महत्वका लिन्छन् । यस महिनामा धेरै वर्षा हुँदा पानीमा विकार पदार्थहरू मिश्रित भएका हुन्छन् । जस कारणले व्रत बस्दा पेट सफा र पाचन प्रणाली सन्तुलन भएर व्यक्तिको जीवनशैली स्वास्थ्यकर हुन्छ ।

व्रतको विशेषता

शिवजीलाई जल अत्यधिक प्यारो लाग्छ । त्यसो त साउनमा पानी पर्ने भएकाले यसलाई शिवको खास महिना मानिन्छ । शिवले विष धुँदा शरीर जलन भइरहेको हुन्छ । जस कारणले जलधारा प्रिय शिव भनेर जल चढाइन्छ । सोमबार शिवको पूजा, आराधना, व्रत, उपासना गर्दा भक्तहरूप्रति प्रसन्न र खुसी हुने शास्त्रमा उल्लेख छ ।

यसका साथै साउनको सोमबार शिवको पूजाआजा गरेमा मनोकाङ्क्षा पुरा हुन्छ भन्ने धार्मिक विश्वास छ । अविवाहित युवतीहरूले साउनमा व्रत बसेर राम्रो पति पाउँ भन्ने चाहना राख्दछन् भने उसको मनले चिताएको जीवनसाथी पाउँछन् भन्ने मान्यता पनि छ । विवाह भएकाले पुत्र चाहेमा व्रत बस्दा प्राप्त हुन्छ । यसै गरी धन–सम्पत्तिका साथसाथै प्रसिद्धि पनि प्राप्त हुन्छ भन्ने विश्वास छ ।

कसरी बस्ने व्रत ?

व्रत बस्दा दिनभरि जल, फल खाने र बेलुका भगवान शङ्करको पूजा गरेर खीर वा शाकाहारी भोजन बनाएर खान सकिन्छ । साउने सोमबारको व्रतमा भोकै बस्न पर्दैन । व्रत बस्दा महिना भरी माछा, मासु, अण्डा, प्याज, लसुन र मुसुरोको दाल खानु हुँदैन । यसका साथै सकेसम्म गाँजर पनि नखानु राम्रो मानिन्छ । यस्तो खानाले भगवानप्रति चिन्तन नभई मन अन्यत्र डुल्न सक्छ । त्यसैले शाकाहारी भोजनसँगै शुद्ध मनले व्रत बस्दा चिताएको कुरा पुरा हुन्छ ।

(देवघाट हरिहर सन्यास आश्रमका ब्रह्मचारी डा. नवराज पौडेलसँग गरिएको कुराकानीमा आधारित)

यो पनि…
पशुपतिनाथमा भक्तजन (फोटो फिचर)
पशुपतिमा जे देखियो (फोटो फिचर)



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

Latest










Popular
Suggested