English

पानी परेपछि नेपाल र भारतबीचको क्रिकेट खेल अबरुद्ध



एसिया कप २०२३ अन्तर्गत भारत र नेपालबीचको खेल वर्षाले अबरुद्ध भएको छ।

श्रीलंकाको पल्लेकेले मैदानमा जारी खेलमा नेपालले ब्याटिङ गरिरहदा खेल वर्षाले अबरुद्ध भएको हो। भारतले टस जितेर बलिङ गरेपछि ब्याटिङ गरेको नेपालले ३७.५ ओभर ६ विकेटको क्षतिमा १७८ रन बनाउदा खेल अवरुद्ध भएको हो।

खेलमा अहिले नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २७ रन र सोमपाल कामी ११ रन बनाएर खेलिरहेका छन्। नेपालका लागि ओपनिङ ब्याट्सम्यान आसिफ शेखले अर्धशतक प्रहार गरेर आउट भए। उनी ९७ बलमा ८ चौकाको मद्दतमा ५८ रन बनाएर आउट भए। उनी एसिया कपमा तथा भारतविरूद्ध अर्धशतक प्रहार गर्ने पहिलो नेपाली ब्याटर बने।

अर्का ओपनर कुशल भुर्तेल ३८ रन बनाएर आउट भए। शार्दूल ठाकुरको बलमा दशौं ओभरको पाँचौ बलमा आउट हुनुअघि उनले २५ बलमा ३ चौका र २ छक्का हिर्काए। उनले आसिफ शेखसँग पहिलो विकेटका लागि ९.५ ओभरमा ६५ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए।

भुर्तेलविरूद्ध पहिलो ओभरमा श्रेयस अय्यरले र चौथो ओभरमा इशान किसनले क्याच छाडेका थिए। यस्तै आसिफको क्याच दोस्रो ओभरमा विराट कोहलीले छाडेका थिए।

कुशल आउट भएपछि भने नेपालले लगातार विकेट गुमायो। कप्तान रोहित पौडेल रविन्द्र जडेजाको बलमा ५ रनमा आउट भए। कुशल मल्ल चौथो विकेटको रुपमा २ रनमै आउट भए। भीम सार्की पनि ७ रनमा भारतका जडेजाको बलमा १६ ओभरमा बोल्ड भए।

छैटौं विकेटको रुपमा गुल्सन झा ३५ बलमा ३ चौकाको मद्दतमा २३ रन बनाएर आउट भए।

बलिङमा भारतका जडेजाले ३ विकेट लिएका छन् भने मोहमद सिराजले २ विकेट हात पारेका छन्।

खेलमा जित हात पार्ने टिम सुपर फोरमा पुग्नेछ। वर्षाले खेल रद्द भए नेपाल आउट हुँदा भारत सुपर फोरमा पुग्नेछ।

यो पनि…
महिला टी–२० च्याम्पियनसिप : नेपालको विजयी सुरुवात
अन्तिम खेलमा नेपालले मलेसियालाई हरायो



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

जर्मन लक्जरी वाच मेकर नोमोस ग्लासहुट नेपाली बजारमा भित्रिएको छ । ५२ बर्ष अगाडी नेपालमा लक्जरी स्विस वाच आयात तथा

वासु आचार्य, मनोविश्लेषक । केही दिन अघि मात्र बेबी बम्पको फोटो सार्वजनिक गरेपछि चर्चामा छिन् नायिका प्रियंका कार्की । यसअघि

कुनै पनि देशमा राजदूत पदलाई विशिष्ट मानिन्छ । चाहे संसारको सबैभन्दा सानो राष्ट्र मानिएको रोम शहरभित्रै रहेको भ्याटिकन (०.९७ वर्ग

आज भाद्र कृष्ण औंसीको दिनलाई हाम्रो नेपाली समाजमा कुशे औंसी वा बुबाको मुख हेर्ने दिन भनिन्छ । यो विशेष दिनलाई