English

भेट्रान्स क्रिकेट : कुवेतको विजयी सुरुवात



नेपाल भेट्रान्स टिम खेलको टी–२० सिरिज खेल्न नेपाल भ्रमणमा आएको कुवेतको भेट्रान्स क्रिकेट टिम कुवेत बादशाह क्रिकेट क्लबले विजयी सुरुवात गर्दै सिरिजमा १–० को अग्रता हासिल गरेको छ ।

टियु अन्तर्राष्ट्रिय मैदान कीर्तिपुरस्थित शनिबार भएको खेलमा नेपाल भेट्रान्सले दिएको १६६ रनको लक्ष्य भ्रमण टिमले १५.२ ओभरमा ६ विकेट क्षतिमा पुरा गर्दै ४ विकेटको जित दर्ता गर्यो । कुवेतको जितमा ब्याटिङ अर्फ अदिथ कुमाराले सर्वाधिक ६७ रन, खुर्रम शहजादले ३६ तथा मुहम्मद हफिजले ३१ रन बनाए भने बलिङ अर्फ जम्शाद अज्मतले ३ विकेट लिए ।

नेपालको ब्याटिङमा कृतार्थ शाक्यले सर्वाधिक ३८, दीपेन्द्र चौधरीले अविजित ३५ तथा परेश लोहनीले ३२ रन बनाए। नेपालको बलिङमा रिकेश लामा र राजु बस्नेतले २–२ विकेट लिए ।

सिरिजको दोस्रो खेल आज आइतबार तथा तेस्रो खेल सोमबार खेलिनेछ। पहिलो पटक नेपाली भेट्रान्स क्रिकेट टिमले अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेली रहेको हो।

जटिल आर्थिक अवस्थाको बाबजुद पनि धेरै कर्पोरेट प्रायोजकहरू पाउनु खुसी को कुरा रहेको नेपाल भेट्रान्स क्रिकेटर संघका उपाध्यक्ष तथा नेपाल भेट्रान्स क्रिकेट टिमका कप्तान किरण शमशेर जंङ्ग बहादुर राणाले बताए । कुवेत र नेपाल भेट्रान्स टिम बिचको उक्त सिरिजको परामर्शदाता पन्त ग्लोबल कन्सल्टेन्सी रहेको र सिरिज को समायोजन तथा प्रायोजक सँगको सहकार्यको लागि उक्त कन्सल्टेन्सी का प्रमुख कार्यकारी अधिकृत तथा नेपालको लागि अन्तर्राष्ट्रिय क्रिकेट कमेन्टेटर धिरेन्द्र पन्त लाई जिम्मा दिइएको नेपाल भेट्रान्स क्रिकेटर संघका अध्यक्ष विजय शर्माले जानकारी दिए ।

सिरिजको मुख्य प्रायोजक जजिरा एयरवेज रहेको छ भने अन्य प्रायोजकहरू मा आईएई पे, आईएमई रेमिटेन्स, महालक्ष्मी विकास बैंक, गरिमा विकास बैंक, हिमालयन बैंक, नेपाल टेलिकम, मेन्टर इन्स्टिच्युट, डल्फिन एजुकेसन, आविद प्रा. ली., सुशील कोइराला फाउन्डेसन, काष्ठमण्डप इभेन्ट, रेबिरा, टिम ११, माई पे, चिरायु अस्पताल र आरसी कोला रहेको छ ।

यो पनि…
महिला टी–२० च्याम्पियनसिप : नेपालको विजयी सुरुवात
अन्तिम खेलमा नेपालले मलेसियालाई हरायो



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested