English

बाल मनोविज्ञानमा आधारित ‘फस्दै गएछु…’ (भिडियो पनि)



किड्स क्यापिटल नेपाल २०२३ का विजेता दिप्शन चिलुवाल तथा किड्स क्यापिटल नेपाल २०२२ की पब्लिक च्वाइस अवार्ड विजेता आश्रिया थापाको डेब्यू अभिनय रहेको ‘फस्दै गएछु…’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायक सुमन केसीको स्वर रहेको उक्त गीतको म्युजिक भिडियो किड्स क्यापिटल नेपाल २०२३ दिप्शन चिलुवालको जन्मोत्सवको अवसर पारेर काठमाडौँमा प्रीमियर गरिएको छ । प्रीमियर शोमा भिडियो अवलोकनपछि काठमाडौँ यूरो स्कुलका निर्देशक तथा प्रिन्सिपल डा. दीपक गुप्ता तथा लिटल पेगासस मन्टेश्वरीका प्रिन्सिपल यूरल पाण्डेले बाल मनोविज्ञानमा आधारित विषयवस्तु समेटिएको भिडियो निकै प्रभावकारी रहेको प्रतिक्रिया दिए । उनीहरूले बाल मनोविज्ञानको प्रयोगले फरक शैलीको भिडियो तयार भएको बताएका छन् ।

आईएमई पेको सहभागिता रहेको कार्यक्रममा विशेष अतिथिको रूपमा उपस्थित चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला तथा अतिथिको रूपमा सहभागी नृत्य निर्देशक कृष्ण बिक, अभिनेता श्रीदेव भट्टराई, कलाकार गोपाल ढकाल, निर्देशक रोशन श्रेष्ठले पनि भिडियोमा बाल कलाकार द्वय दिप्शन तथा आश्रियाको अभिनयको प्रशंसा गरेका थिए ।

आधुनिक शैलीको यो गीतमा अभिनेता एसराज गराच तथा अभिनेत्री साक्षी लम्सालले पनि अभिनय गरेका छन् । भिडियोमा दिप्शन र साक्षीको अभिनयले दर्शकलाई प्रभावित बनाउने निश्चित छ ।

डिपी खनालका शब्दहरूको उक्त गीतलाई देवेन्द्र बरालले सङ्गीतबद्ध गरेका छन् । पुष्कर सुनुवार यो गीतका सङ्गीत संयोजक हुन् । फ्ल्याग अन मोशन पिक्चर्सको युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त भिडियोमा प्रशान्त मगरको कोरियोग्राफी तथा संकल भुजेलको छायाङ्कन रहेको छ ।

दीपेन्द्र चिलुवाल तथा सजना केसीद्वारा निर्माण गरिएको यो भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका छन् । शिशिर खातीले यो भिडियोको निर्देशन गरेका हुन् ।

भिडियो :

यो पनि…
फिल्म ‘बगान’को गीत ‘उडी छुनु छ आकाश’ सार्वजनिक (फोटो फिचर)
बगानमार्फत निर्देशनमा सरोज खनालको पाइला



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested