दाल र भातको सेवनले तौल घटाउन सकिन्छ



नेपाल तथा भारतलगायतका देशमा प्रायः सबै घरपरिवारको भान्सामा दाल र भात बनाइन्छ । दैनिक खानामा दाल भात सबैभन्दा लोकप्रिय छ। स्वादका हिसाबले दाल भात स्वादिष्ट हुन्छ भने स्वास्थ्यका लागि पनि दाल भातलाई स्वास्थ्यकर खानामा समावेश गर्न सकिन्छ । विज्ञहरूका अनुसार दाल र भात बालबालिकाको वृद्धिका लागि फाइदाजनक हुन्छ । यस्तो अवस्थामा बालबालिकालाई दाल र भात खुवाउन सल्लाह दिइन्छ । यस बाहेक दाल र भात खानुका धेरै स्वास्थ्य लाभहरू छन्। दाल भात वयस्क र बालबालिकाको स्वास्थ्यका लागि राम्रो मानिन्छ । दालमा धेरै पोषक तत्त्वहरू पाइन्छ, जसले शरीरलाई ऊर्जा प्रदान गर्नुका साथै रोग प्रतिरोधात्मक क्षमतालाई पनि राम्रो बनाउँछ। तौल नियन्त्रण गर्न चाहने वा तौल घटाउन चाहनेले पनि दाल भात खानुपर्छ । बालबालिकाको वृद्धिदेखि वृद्ध वृद्धाको स्वास्थ्यका लागि दाल भात कसरी यति पौष्टिक हुन्छ ? दाल र भात कसरी सेवन गर्ने भन्नेबारे जान्नुहोस् विज्ञको सल्लाह ।

दालमा पाइने पोषक तत्त्व

दाल स्वास्थ्यको लागि एक खजाना हो। दालमा फाइबर, बी भिटामिन, म्याग्नेसियम, जिङ्क र पोटासियम प्रचुर मात्रामा पाइन्छ । यी सबै पोषक तत्त्वहरू शरीरको लागि आवश्यक छन् । दालमा बोसो निकै कम हुन्छ । खनिज, भिटामिन, एन्टिअक्सिडेन्ट र फाइबरले प्रशस्त मात्रामा पाचनमा मद्दत गर्छ । दाल पचाउन निकै सजिलो हुन्छ । यसका साथै दाल खाँदा लामो समयसम्म पेट भरिएको महसुस हुन्छ । भोक नलाग्ने कारणले बढी क्यालोरी लिने चिन्ता हुँदैन र तौल नियन्त्रणमा रहन्छ ।

चामलमा पाइने पोषक तत्त्व

दाल जस्तै चामलमा पनि प्रशस्त मात्रामा पोषक तत्त्व पाइन्छ । यसमा सोडियम, पोटासियम, कार्बोहाइड्रेट, प्रोटिन, फाइबर, म्याग्नेसियम, आइरन, क्याल्सियम पाइन्छ । भात खाँदा शरीरलाई ऊर्जा मिल्छ । चामलमा न त हानिकारक बोसो हुन्छ न त कोलेस्ट्रोल र सोडियम । भात सन्तुलित आहार हो । तौल घटाउन ब्राउन राइस पनि खान सकिन्छ ।

तौल घटाउन दाल र भातको सेवन

तौल घटाउन खोज्नेहरूले खानपानमा विशेष ध्यान दिने गर्छन् । भात खाँदा तौल बढ्छ भन्ने धेरैको विश्वास छ । तर दाल र भात सही तरिकाले र समयमै सेवन गर्नाले तौल घटाउन सकिन्छ । दाल चामल कम्बो धेरै स्वस्थ छ।

–विज्ञका अनुसार रातिको खानामा एक महिनासम्म दाल र चामल सामान्य मात्रामा खाइयो भने यसको प्रभाव देखिन थाल्छ ।
–दाल र भात खाँदा ख्याल राख्नुहोस् दाल धेरै मात्रामा र भात थोरै मात्रामा खानुपर्छ ।
–दाल–चामलको कम्बोमा घिउ थप्दा यसलाई सन्तुलित आहार बनाउँछ । घिउमा भिटामिन ए, डी, ई र के पाइन्छ, जुन स्वास्थ्यका लागि फाइदाजनक हुन्छ।

यो पनि…
उहिले र अहिलेको दर
यी ८ नायिका जसको करिअर सञ्चार क्षेत्रबाट सुरु भयो



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

विश्व पर्यटन दिवस २०२३ को अवसरमा च्यासा मंका खंलले धिमे बाजाको धुनमा नेवारी लोकप्रिय गीत ‘सचिका चिना’ प्रस्तुत गरेर सहभागी

हरेक वर्ष सेप्टेम्बर २९ का दिन विश्व मुटु दिवस मनाउँदै आइएको छ । नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रमहरू आयोजना गरी

४४औँ विश्व पर्यटन दिवसको अवसरमा बुधवार राजधानीस्थित कीर्तिपुरमा ‘संरक्षणको लागि साँझपखको हिँडाइ’ सम्पन्न भएको छ । कार्यक्रममा संरक्षण विज्ञ अनिल

मंगलबार साँझ हिमालयन उद्धार संघको व्हाट्सएप ग्रुपमा बुधबार बिहान पाटनढोकामा हुने ४४ औँ विश्व पर्यटन दिवस ‘प्रभातफेरी’ मा सहभागी हुन