English

हङकङमा ‘नेपाल टुरिज्म फिल्म फेस्टिभल’ (फोटो फिचर)



मेरो गाउँ मेरो ठाउँ भिडियो च्यालेञ्ज २०२३’ मा विजेता दस भिडियो हङकङमा प्रदर्शन भएको छ । विजेता भिडियोहरू आइतबार साँझ हङकङस्थित हेनरी जि लियोङ हल, याउ मा तेईमा प्रदर्शन गरिएको हो ।

नेपालको सांस्कृतिक विविधतालाई बाहिर देखाउन सकेनौँ भने हाम्रो भाषा संस्कृति नेपाल बाहिर कतै पनि जान सक्दैन । नेपालमा त्यस्ता धेरै सुन्दर पर्यटकीय स्थलहरू छन् जसलाई यस भिडियो च्यालेञ्जले प्रवर्द्धन गरिरहेको छ ।

प्रचुर पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेका पर्यटकीय थलोहरू विश्वमाँझ प्रवर्द्धन गर्ने उद्देश्यले ‘नेपाल टुरिज्म फिल्म फेस्टिभल’ आयोजना गरिएको आयोजक वि विल राइज फाउन्डेसनका अध्यक्ष तुलसी कुमार गुरुङले बताए । ‘नेपालको सांस्कृतिक विविधतालाई बाहिर देखाउन सकेनौँ भने हाम्रो भाषा संस्कृति नेपाल बाहिर कतै पनि जान सक्दैन । नेपालमा त्यस्ता धेरै सुन्दर पर्यटकीय स्थलहरू छन् जसलाई यस भिडियो च्यालेञ्जले प्रवर्द्धन गरिरहेको छ,’ अध्यक्ष गुरुङले भने । ‘२०१९ को भिडियो च्यालेञ्जबाट लमजुङको राइनस र तनहुँको मानुङकोट धेरै नै चर्चामा आएकाे उनले सुनाए । यस फिल्म फेस्टिभलले नेपालको कुना कन्दरामा रहेका पर्यटकीय महत्वका नवीन थलोहरू एवं कला संस्कृतिलाई विश्वभर उजागर गर्न सघाउने उनकाे दाबी थियाे ।

हामी प्रवासमा जन्मेर हुर्किएका छौँ, कतिपयले हङकङलाई कर्मथलो बनाएर यहाँ बस्दै आएका छौँ । यस वृत्त चित्रबाट हामी नपुगेका र नदेखेका ठाउँहरूको बारेमा पनि जान्ने र बुझ्ने मौका पाएका छौँ ।

त्यस्तै, हङकङस्थित नेपाली महावाणिज्य दूतावासका महावाणिज्यदूत उदय बहादुर राना मगरले ‘हामी उठ्ने छौ’ भन्ने नाराका साथ फाउन्डेसनले सिंगो नेपाललाई देश विदेशमा पुर्याएकोमा आयोजकलाई धन्यवाद व्यक्त गरे । ‘हामी प्रवासमा जन्मेर हुर्किएका छौँ, कतिपयले हङकङलाई कर्मथलो बनाएर यहाँ बस्दै आएका छौँ । यस वृत्त चित्रबाट हामी नपुगेका र नदेखेका ठाउँहरूको बारेमा पनि जान्ने र बुझ्ने मौका पाएका छौँ ।’ उनले भने, ‘आगामी दिनमा नेपालको प्राकृतिक तथा सांस्कृतिक सौन्दर्यलाई देश विदेशमा प्रचार गर्ने काममा यहाँहरूको संस्था लागिरहनुहुनेछ भन्ने अपेक्षा गरेको छु ।’

हङकङस्थित विभिन्न संघसंस्था सहभागी भएको कार्यक्रमको सञ्चालन फाउन्डेसनका इभेन्ट म्यानेजर प्रभात रिमालले गरेका थिए ।

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेञ्ज २०२३ मा वेस्ट भिडियो अफ द इयरको उपाधि  जितेको टिम डुलुवाको ‘दि नर्थन वाल’,  ‘जजेज च्वोइस अवार्ड  जितेको  आर्यन कुँवरको ‘मयूरी चाल’ , टिम डुलुवाकै ‘मेरो गाउँ तकसेरा’– ‘मोष्ट एर्नजेटिक भिडियो मेकर’, ‘फ्युचर स्टार अफ दि इयर’–आदर्श पाण्डे, ‘मोष्ट पोटेन्सियल डेस्टिनेसन’–सन्दकपुर गाउँपालिका, ‘वेस्ट एडिटर’–आकाश धिमाल, ‘वेस्ट स्क्रिप्ट–भ्वाईस ओभर’–रुमन थापा, ‘वेस्ट स्टोरी कन्सेप्ट डिरेक्सन’–सुरेश कुमार मुखिया, ‘वुनम भिडियो मेकर अफ दि इयर’–गरिमा भण्डारी र ‘वेस्ट सिनेमाटोग्राफर’–सन्तोष मालेकका दश विधाका भिडियो प्रदर्शन गरिएको थियो ।

फेस्टिभलमा राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स लगायत हङकङ नेपाली महासंघ, एनआरएनए हङकङ, मितेरी सेवा समिति पोखरा हङकङ, नेपाली क्लब हङकङ, ओम नमो बुद्ध आमा समूह, कोन्मै घोथाने गुरुङ समाज, नादा समाज हङकङ, राइज मिडिया नेटवर्क र नेपाल पर्यटन बोर्डको सहकार्य रहेको थियो । मिडिया पार्टनरमा एचके नेपाल डट कम, एनएचडीडी स्टुडियो, एच के ट्युब नेपाल अनलाइन र मेरो लाइफस्टाइल थिए ।

‘नेपाल टुरिज्म फिल्म फेस्टिभल’ हङकङपछि संसारका विभिन्न मुलुकहरू आयोजना गरिने आयोजक वि विल राइज फाउन्डेसनले जनाएको छ । साथै विभिन्न देशमा आयोजना गर्न चाहनेले merogaunmerothau@gmail.com/ Info@wwrf.org.np मा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ ।

तस्बिरहरू :
जगत अम्बु गुरुङ/ एचके नेपाल डट कम
देबमान लिम्बू/  एनएचडीडी स्टुडियो  हङकङ



सम्बन्धित खबरहरु

काठमाडौँ : इम्बार्क अनम्याथले प्रिमियर इन्टरनेशनल आइबी कन्टिन्यूम स्कुलसँगको साझेदारीमा कात्तिक ६ गते (नोभेम्बर २१) एक नवीन सिकाइ–केन्द्रित गणित सत्र

काठमाडौं : संस्कृति इन्टरनेशनल स्कुलको वार्षिक स्पोर्ट्स डे को अवसरमा आयोजित विशेष समारोहमा संस्कृति स्पोर्ट्स सम्मानद्वारा राष्ट्रिय क्रिकेटका युवा खेलाडी

चितवन । एनआईएमबी एस क्यापिटल लिमिटेड, पायोनियर ल फर्म र केयर एज रेटिङद्वारा चितवनमा “Road To IPO & Credit Rating”

मिति २०८२ मंसिर ४ गते नेपालगन्ज । सात बुदें साझाँ सार्वजनिक प्रतिबद्धताको घोषणा गर्दै नेपालगन्ज उपमहानगरपालिकाको आ.ब. २०८२/०८३ को पहिलो

Latest










Popular
Suggested