चिनियाँ करोडपति : विश्वविद्यालयको प्रवेश परीक्षामा २७ औँ पटक पनि असफल



संसारमा सबैले उच्च शिक्षा हासिल गर्न चाहन्छन्। उच्च शिक्षा हासिल गरेपछि राम्रो जागिर पाओस् र धेरैभन्दा धेरै पैसा कमाउन सकियोस् भन्ने चाहना मानिसमा हुन्छ । तर चिनियाँ व्यापारीको कथा भने ठिक उल्टो छ। एक चिनियाँ व्यापारी युनिभर्सिटीमा भर्ना हुन खोज्दै थिए, तर त्यही बीचमा उनी करोडपति बने तर भर्ना हुन सकेका छैनन् ।

यी व्यवसायी २७ औँ पटक विश्वविद्यालयको प्रवेश परीक्षामा फेल भएका छन् । यी चिनियाँ व्यापारीको कथा चिनियाँ पत्रिकामा छापिएपछि चर्चाको विषय बनेको छ । तर चिनियाँ व्यापारी लियाङ सी अझै प्रवेश गर्ने तयारीमा छन्। उनले अर्को वर्ष हुन लागेको प्रवेश परीक्षामा पनि सहभागी हुने बताए ।

३४ नम्बर मिस गरे

मिडिया रिपोर्टका अनुसार चीनमा विश्वविद्यालय प्रवेश परीक्षाको नतिजा सार्वजनिक भएको छ । यस पटक त्यहाँ एक करोड ३० लाख मानिसले परीक्षा दिएका थिए । चिनियाँ व्यवसायी लियाङ सी २७ औँ पटक परीक्षामा सामेल भए र ७५० मध्ये ४२४ अंक ल्याए । चीनको शिक्षा कानुन अनुसार कुनै पनि विश्वविद्यालयमा भर्ना हुन परीक्षामा न्यूनतम ४५८ अंक ल्याउन अनिवार्य छ। लिआङले यस पटक पनि ३४ नम्बर मिस गरेका छन् ।

१४ वर्षको उमेरदेखि परीक्षा दिने

सन् १९८३ देखि लिआङले विश्वविद्यालयको प्रवेश परीक्षा दिइरहेका छन्। त्यतिबेला उनी १६ वर्षको मात्र थिए तर अहिलेसम्म सफलता पाउन सकेको छैनन् । सन् १९९२ सम्म काम गर्दा लिआङले प्रवेश परीक्षा दिएका थिए । यस अवधिमा उनले धेरै किसिमका कामहरू गर्दै आएका छन् । तर, तत्कालीन नियमअनुसार उमेर पूरा गरेकाले उनले सन् १९९२ मा प्रवेश परीक्षा दिन छोडे ।

यो पनि
अक्सफोर्ड विश्वविद्यालयले गरेको अनुसन्धानमा मानिसबारे यस्तो अनौठो तथ्य
कमिलामा हुन्छन् यस्ता अचम्मका गुणहरू



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सोफाले हाम्रो बैठक कोठालाई आकर्षक बनाउने काम गर्छ। पाहुनाहरू घरभित्र पस्दा सबैभन्दा पहिले बैठक कोठाको सोफालाई ध्यान दिन्छन् । साथै,

सैनिक श्रीमती संघद्वारा शुक्रवार साँझ फरक क्षमता भएका बालबालिकाको सहयोगार्थ आर्मी अफिसर्स क्लब काठमाडौंमा एक बिशेष कार्यक्रम ‘वरदान सुर–सन्ध्या’को आयोजना

‘झट्ट हेर्दा न्याउरी मुसाजस्तै देखिने पानीमा बस्ने दुर्लभ प्राणी ‘ओत’ पहिले–पहिले चितवनमा पनि थियो भन्ने कुरा अङ्कलहरूबाट सुनेको थिए, योपटक

भदौ २६ गतेका लागि तय भएको बीपी साहित्य महोत्सवको स्थगित कार्यक्रम बुधबार भएको छ । ११०औँ बीपी जयन्तीका अवसरमा यही