English

चिनियाँ करोडपति : विश्वविद्यालयको प्रवेश परीक्षामा २७ औँ पटक पनि असफल



संसारमा सबैले उच्च शिक्षा हासिल गर्न चाहन्छन्। उच्च शिक्षा हासिल गरेपछि राम्रो जागिर पाओस् र धेरैभन्दा धेरै पैसा कमाउन सकियोस् भन्ने चाहना मानिसमा हुन्छ । तर चिनियाँ व्यापारीको कथा भने ठिक उल्टो छ। एक चिनियाँ व्यापारी युनिभर्सिटीमा भर्ना हुन खोज्दै थिए, तर त्यही बीचमा उनी करोडपति बने तर भर्ना हुन सकेका छैनन् ।

यी व्यवसायी २७ औँ पटक विश्वविद्यालयको प्रवेश परीक्षामा फेल भएका छन् । यी चिनियाँ व्यापारीको कथा चिनियाँ पत्रिकामा छापिएपछि चर्चाको विषय बनेको छ । तर चिनियाँ व्यापारी लियाङ सी अझै प्रवेश गर्ने तयारीमा छन्। उनले अर्को वर्ष हुन लागेको प्रवेश परीक्षामा पनि सहभागी हुने बताए ।

३४ नम्बर मिस गरे

मिडिया रिपोर्टका अनुसार चीनमा विश्वविद्यालय प्रवेश परीक्षाको नतिजा सार्वजनिक भएको छ । यस पटक त्यहाँ एक करोड ३० लाख मानिसले परीक्षा दिएका थिए । चिनियाँ व्यवसायी लियाङ सी २७ औँ पटक परीक्षामा सामेल भए र ७५० मध्ये ४२४ अंक ल्याए । चीनको शिक्षा कानुन अनुसार कुनै पनि विश्वविद्यालयमा भर्ना हुन परीक्षामा न्यूनतम ४५८ अंक ल्याउन अनिवार्य छ। लिआङले यस पटक पनि ३४ नम्बर मिस गरेका छन् ।

१४ वर्षको उमेरदेखि परीक्षा दिने

सन् १९८३ देखि लिआङले विश्वविद्यालयको प्रवेश परीक्षा दिइरहेका छन्। त्यतिबेला उनी १६ वर्षको मात्र थिए तर अहिलेसम्म सफलता पाउन सकेको छैनन् । सन् १९९२ सम्म काम गर्दा लिआङले प्रवेश परीक्षा दिएका थिए । यस अवधिमा उनले धेरै किसिमका कामहरू गर्दै आएका छन् । तर, तत्कालीन नियमअनुसार उमेर पूरा गरेकाले उनले सन् १९९२ मा प्रवेश परीक्षा दिन छोडे ।

यो पनि…
अक्सफोर्ड विश्वविद्यालयले गरेको अनुसन्धानमा मानिसबारे यस्तो अनौठो तथ्य
कमिलामा हुन्छन् यस्ता अचम्मका गुणहरू



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

इटहरी/ कोशी प्रदेशका विवाहित महिलाहरूको सहभागिता रहने प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस पूर्वेली आइकन’ तेस्रो संस्करणको ताज इटहरीकी सृजना राउतले जितेकी

Latest










Popular
Suggested