English

निषेधाज्ञामा कलाकारका नयाँ योजना र गुनासा



कोरोना भाइरसको संक्रमण तीव्र गतीमा फैलिएसँगै यतिबेला काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी छ । सामान्य नागरिकदेखि सेलिब्रेटी छवि बनाएका व्यक्तिहरु घरभित्रै छन् । लामो समय घरमै बस्न परेपछि सबैले केही न केही योजना त बनाउने नै भए । कोही गत वर्षको लकडाउनमा घर बस्दा गरेका गतिविधिलाई दोहो-याउने सुरसारमा छन् भने कसैले नयाँ योजना बनाइरहेका छन् । आखिर के छ नेपाली कलाकारहरुको लकडाउन योजना ? यहाँ चर्चा गरिएको छ:

जितु नेपाल, हास्य कलाकार

गत वर्षको लकडाउनले समय कसरी बिताउने भन्ने केही कुरा सिकाएको छ । घरायसी काम गरेँ, किताव पढेर समय बिताइएको थियो । अझै अनलाइन लुडोको त लत नै बसेको थियो । यसपाली पनि अनलाइनमा साथीहरुसँग लुडो खेल्ने योजना छ । साथै, घरमै नयाँ परिकार बनाएर खाने, बिहानै योग, ध्यान, व्यायाम गर्ने योजनामा छु । साथै, पढ्ने, लेख्ने कामलाई पनि निरन्तरता दिन्छु । अहिले पुष्कर शाहको ‘संसारलाई साढे पाँच फन्को’ किताव पढिरहेको छु । यस्तै, अन्य कितावहरु पनि पढ्ने सूचीमा छन् ।

सरिता लामिछाने,नायिका

गत वर्षको लकडाउनमा ९० दिनसम्म त घरबाट बाहिरै निस्किन । श्रीमान र छोरीसँग रमाइलो गर्दै समय बितेको थियो । यसपाली पनि निषेधाज्ञाको पूर्ण पालना गरिरहेको छु । अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कने प्रण गरेकी छु । घरभित्र उत्तिकै बस्दा ‘बोरिङ’ हुनसक्छ । त्यसैले साथीभाईहरुसँग कुराकानी गर्ने, परिवारसँग रमाइलो गर्ने, व्यायाम गर्ने, सकारात्मक सोचेर समय बिताउने योजनामा छु ।

भुवन केसी, अभिनेता

जसरी हुन्छ मुड खराब हुन नदिने बारे सोचिरहेको छु । खासै योजना त बनाएको छैन । देशमा कोरोना माहामारी फैलिएको बेलामा पनि नेताहरु सरकार आफ्नो कुर्सी जोगाउनमै व्यस्त भएको देख्दा दुःख लाग्छ । जनताले दुःख कष्ट भोगिरहेको बेलामा पनि सरकारले सर्वसाधारण जनताको लागि केही गरेन भन्ने चिन्तामा नै मेरो अघिल्लो लकडाउन बित्यो । त्यसैले यसपाली जनतालाई सचेत गराउने शर्ट मुभी बनाउने सोचमा छु । यसको अलावा घरमा छोरा अनमोलसँग रमाइलो कुराकानी गर्दै समय बित्छ ।

रेखा थापा, अभिनेत्री

अघिल्लो लकडाउनको लामो समय मैले योग ध्यान तथा आध्यात्मतिर केन्द्रित गराएँ । यो पटकको निषेधाज्ञामा यसरी नै समय बिताउँछु भन्ने योजना छैन । स्वस्थ रहनको लागि व्यायाम, योग गर्ने तथा आध्यात्मिक कितावहरु पढ्ने जस्ता कार्यहरुलाई निरन्तरता दिन्छु । परिवारसँग समय बिताउने तथा समस्यामा परेकाहरुलाई सहयोग गर्न पनि पछि पर्दिन ।

पुष्प खड्का, नायक

पोहोर सालको लकडाउनको एकमहिना जति त रमाइलो नै भएको थियो । तर, एकमहिनापछि भने समय बिताउन एकदमै गाह्रो भएको थियो । त्यसपछि फिल्म, वेब सिरिजहरु हेरेर, अनलाइन गेम खेलेर, कितावहरु पढेर समय बिताएको थिएँ ।
यसपाली पनि तिनै कुराहरुलाई निरन्तरता दिँदै छु । जे होस् गत वर्षभन्दा अहिले मन आत्तिएको छ ।

रिमा विश्वकर्मा, नायिका

कामको ब्यस्तता घरमा आराम गरेर बस्ने समय हुँदैन थियो । निषेधाज्ञाले केही फुर्सदिलो बनाएको छ । त्यसैले यो समयमा कविता लेख्ने, चित्र कोर्ने, परिवार तथा आफन्तसँग सामाजिक सञ्जालमार्फत् कुराकानी लगायताका काम गरेर समय बिताउने सोचमा छु ।

सविन श्रेष्ठ, नायक

गतवर्ष लकडाउनमा लुडो धेरै खेलियो । यसपाली पनि पोहोरकै ग्रुप मिलेर अनलाइन लुडो खेल्ने योजनामा छु । एकदुई दिन त व्यस्थताबाट फुर्सद मिलेजस्तो भएको छ । तर, यो लकडाउन कतिसम्म लम्बिन्छ भन्ने टुंगो छैन । त्यसैले युट्युबमा अलि धेरै सक्रिय भएर समय बिताउने सोचमा छु । युट्युबमार्फत् व्यक्तिगत ब्लग, फिटनेशका कुराहरु शेयर गर्नेछु ।

कुमार कट्टेल, हास्य कलाकार

गतवर्ष १ महिनाजति घरमै क्यारेम खेलेर बित्यो भने केही समय चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालामा व्यस्त भएँ । यसपाली पनि क्यारेम त खेलिन्छ नै । यसका साथै, फिल्म हेर्ने, परिवारसँग रमाइलो गर्ने, सकेसम्म सक्किगोनीको छायांकन गर्ने योजना छ ।

सञ्चिता लुईटेल, नायिका

पुराना स्कुले साथीहरुसँग अनलाइनमा कुराकानी तथा लुडो खेल्ने अवसर अघिल्लो लकडाउनले दिएको थियो । अहिले पनि सबै साथीहरु फूर्सदिला भएकाले लुडो खेल्ने कुरा भइरहेको छ । छोराछोरी, श्रीमानसँग पनि घरभित्रै खेल्न मिल्ने खेलहरु खेलेर रमाइलो गरी समय बिताउने सोचमा छु । व्यस्तताका कारण बाँकी रहेका कामहरु गर्नेछु । यसको अलावा गीत गाउने, चित्र कोर्ने लगायतका सिर्जनात्मक काममा समय बिताउँछु ।

मेलिना राई, गायिका

घरमै आराम गर्ने, सामाजिक सञ्जालमार्फत् साथीभाईहरुसँग कुराकानी गर्ने, फिल्म हेर्ने, किताव पढ्ने योजना छ । गतवर्ष अनलाइन लुडो खेल्दा निकै रमाइलो भएको थियो । यसपाली पनि साथीहरुसँग अनलाईन लुडो खेल्न मन छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,