English

आरोहण अनुमतिको नयाँ रेकर्ड, ४०८ आरोही सगरमाथा चढ्दै

कोरोनाले छेकेन सगरमाथा आरोहण (मनमोहक तस्विरसहित)



संसारभर कोरोना भाइरसको संक्रमण फैलिएपनि सगरमाथा आरोहण अनुमति लिनेको संख्याले भने नयाँ रेकर्ड कायम गरेको छ । पर्यटन विभागको शुक्रबारसम्मको तथ्यांकअनुसार ४३ टोलीका ४ सय ८ जना आरोहीले आरोहण अनुमति लिइसकेका छन् ।

‘यसअघिसम्म सगरमाथा आरोहणको अनुमति लिनेको संख्या ४ सय कटेको थिएन,’ उनले भनिन्, ‘यसपाली ४ सय ८ जनाले अनुमति लिएका छन् ।

सन् २०१९ मा सगरमाथाबाट ४४ करोड २४ लाख ३७ हजार रुपैयाँ राजश्व संकलन भएको थियो । यसपटक ६६ करोड १३ लाख ४२ हजार ९ सय ८७ रुपैयाँ संकलन भइसकेको छ ।

यो संख्या अहिलेसम्मकै उच्च रहेको पर्वतारोहण शाखाकी निर्देशक मीरा आचार्यले बताइन । ‘यसअघिसम्म सगरमाथा आरोहणको अनुमति लिनेको संख्या ४ सय कटेको थिएन,’ उनले भनिन्, ‘यसपाली ४ सय ८ जनाले अनुमति लिएका छन् । जसमध्ये ४ टिमका १८ जना नेपाली छन् । यसले विश्वमा सगरमाथा प्रतिको क्रेज अझ बढेको देखाउँछ ।’


सन् २०१९ को तथ्यांकअनुसार ४४ टोलीका ३ सय ८१ जनाले आरोहण अनुमति लिएका थिए । २०२० मा भने कोरोना महामारीका कारण हिमाल आरोहण भएन ।
२०७७ भदौ २९ गतेको मन्त्रिपरिषद् बैठकले हिमाल आरोहण तथा पदयात्रामा आउने विदेशी पर्यटकका लागि कात्तिक १ गतेदेखि अनुमति दिने निर्णय गरेको थियो । यो सँगै सगरमाथा लगायतका अन्य हिमाल आरोहणका लागि नेपाल आउने विदेशी पर्यटकको संख्या उल्लेख्य बढेको आचार्य बताउँछिन् ।

राजश्व संकलनमा पनि वृद्धि
आरोहण अनुमति लिनेको संख्या वृद्धि भएसँगै राजश्व संकलनमा पनि वृद्धि भएको विभागले जनाएको छ । सन् २०१९ मा सगरमाथाबाट ४४ करोड २४ लाख ३७ हजार रुपैयाँ राजश्व संकलन भएको थियो । यसपटक ६६ करोड १३ लाख ४२ हजार ९ सय ८७ रुपैयाँ संकलन भइसकेको छ ।
सगरमाथाबाहेक अन्य १५ वटा हिमाल आरोहणका लागि ३ सय ३४ आरोहीले अनुमति लिएका छन् । यो सँगै हालसम्म ७१ करोड ४८ लाख ५३ हजार ५ सय २९ रुपैयाँ राजश्व संकलन भएको विभागका होटल तथा होमस्टे शाखाका नायव सुब्बा रामेश्वर निरौलाले बताए । २०१९ मा ६० करोड हाराहारीमा राजश्व संकलन भएको थियो ।

किर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पाको परिवारले समेत अर्को विश्व किर्तिमान बनाउने लक्ष्य राखेको छ । एकै परिवारका धेरै सदस्य सगरमाथा चढे्र यसपाली उनीहरु किर्तिमान बनाउने दाउमा छन् ।

किर्तिमानी लक्ष्यको चाङ
सगरमाथामा आरोहीहरुले विभिन्न किर्तिमान राख्दै आएका छन् । यसपाली पनि आरोहीहरुको किर्तिमानी लक्ष्य छ । हककङकी एडा च्याङले महिलाबाट छोटो समयमा सगरमाथा आरोहण गरेर नयाँ किर्तिमान बनाउने लक्ष्य लिएकी छन् । यतिबेला आधारशिविरमा रहेकी च्याङले तेस्रो पटक सगरमाथा आरोहण गर्दैछिन् ।
किर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पाको परिवारले समेत अर्को विश्व किर्तिमान बनाउने लक्ष्य राखेको छ । एकै परिवारका धेरै सदस्य सगरमाथा चढे्र यसपाली उनीहरु किर्तिमान बनाउने दाउमा छन् । टोलीमा फुर्वासँगै दाजुहरु पेम्बा दोर्जे शेर्पा, निमा ग्याल्जेन शेर्पा, फुर्वा थिले शेर्पा र बहिनी निमा ल्यामु शेर्पा छिन् । नेपालका रन्जित कुमार साह पनि तराई मुलबाट पहिलोपटक सगरमाथा चढ्ने लक्ष्यका साथ अघि बढेका छन् ।
यसैगरी, भारतका किट्टु सौरभ ट्यांक (२२) ले पनि किर्तिमानी लक्ष्यसहित सगरमाथा आरोहण गर्दैछन् । उनी तेस्रो लिङ्गी हुन् । हालसम्म तेस्रो लिङ्गीले सगरमाथा आरोहण गरेको विभागको रेकर्डमा छैन । त्यसैले उनको आरोहण सफल भए सौरभ तेस्रो लिङ्गीका तर्फबाट सगरमाथा चढ्ने पहिलो व्यक्ति बन्नेछन् । चीनका एक दृष्टिबिहिन पनि सगरमाथा चढेर नाम लेखाउने दाउमा छन् । किर्तिमानै तोड्ने नभएपनि दृष्टिबिहिनका तर्फबाट सगरमाथा चढ्नेको सूचीमा नाम लेखाउने उनको लक्ष्य छ ।

केही महिनाअघि मात्र एकजना नेपाली सगरमाथाको क्याप २ मा रक्तदान कार्यक्रम गरेर विश्व किर्तिमान राख्ने भन्दै विभाग पुगेका थिए । यद्यपि विभागले त्यो जोखिम ठान्दै अनुमति नदिएको निरौला बताउँछन् ।

रक्तदानदेखि सगरमाथामा साइकलको किर्तिमानी राख्छु भन्नेहरु
यी त भए विश्व किर्तिमानका लागि अनुमति पाइसकेकाहरु । यो सँगै अनौठा विषयमा किर्तिमान राख्नका लागि स्विकृती लिन विभागमा आउँछन् । तर, विभागले किर्तिमानका नाममा जथाभावी विषयमा स्वीकृती नदिएपछि ती सबै थन्किएका छन् । यसैमध्येको एक हो– सगरमाथा क्याप २ मा रक्तदान कार्यक्रम । केही महिनाअघि मात्र एकजना नेपाली सगरमाथाको क्याप २ मा रक्तदान कार्यक्रम गरेर विश्व किर्तिमान राख्ने भन्दै विभाग पुगेका थिए । यद्यपि विभागले त्यो जोखिम ठान्दै अनुमति नदिएको निरौला बताउँछन् । सगरमाथामा साइकल पु¥याएर किर्तिमान राख्ने भन्दै विभाग धाउँँने अर्का एकले पनि स्वीकृति पाएनन् । ‘सगरमाथा अरोहण आफैंमा जोखिमयुक्त काम हो । त्यसमा पनि साइकलसहित चढ्छु भन्नेलाई हामीले स्वीकृति कसरी दिनु ?,’ निरौला भन्छन्, ‘विश्व रेकर्ड राख्ने भन्दैमा विभागले जे पायो त्यही कुराको स्वीकृति दिँदैन ।’
सगरमाथा आरोहण गर्न नेपालीलाई ७५ हजार रुपैयाँ र विदेशीलाई ११ हजार अमेरिकी डलर लाग्छ । फोहोरमैलाका लागि नेपाली होस् या विदेशी दुवैले ४ हजार अमेरिकी डलर बराबर धरौटी राख्नुपर्छ । सगरमाथाबाट फर्किएर फोहोरमैला व्यवस्थापन गरेको प्रमाण विभागमा पेश गरेपछि धरौटी फिर्ता हुन्छ ।

तस्विरहरु:फुर्वा तेन्जिङ शेर्पा

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,