English

वास्तु शास्त्र : ढोकाअगाडि राख्नै नहुने चीज



वास्तु शास्त्र अनुसार घरको चारै दिशामा कुनै न कुनै देवताको वास हुन्छ । त्यसैले गलत दिशामा राखिएको चीजले तपाईँको घरमा नकारात्मक ऊर्जा ल्याउन सक्छ। मुख्य गेटमा राखिएका यी चीजहरूले तपाईँको जीवनमा कलह ल्याउन सक्छ। त्यसैले यी चीजहरू मुख्य ढोका अगाडि राख्नु हुँदैन।

फोहोर

घरको मुख्य प्रवेशद्वारमा सरसफाइ हुनु अति आवश्यक छ । वस्तुलाई सही दिशामा राख्ने हो भने घरमा लक्ष्मीको आशीर्वाद रहन्छ भन्ने मान्यता छ । घरको मुख्य प्रवेशद्वार अगाडि राखिएको फोहोरलाई गरिबीको प्रतीक मानिन्छ । तर घरको अगाडि जहाँ फोहोर हुन्छ, त्यहाँ माता लक्ष्मीको बास हुँदैन । यसले घरमा अशान्ति र रोग निम्त्याउन सक्छ।

काँडे दार बिरुवा

वास्तु शास्त्र अनुसार घरको मुख्य प्रवेशद्वारको अगाडि काँडे बिरुवा हुनुहुँदैन । वास्तु शास्त्र अनुसार यो बोटलाई वर्जित मानिन्छ। यो बिरुवा घरको अगाडि राख्नाले सुख र समृद्धिमा बाधा पुग्छ ।

फोहोर पानी

घर बाहिर फोहोर पानी राख्नु पनि अशुभ मानिन्छ । त्यसैले घरबाहिर फोहोर जम्मा भएमा नकारात्मक ऊर्जा घरभित्र पस्न सक्छ । त्यसैले घरबाहिर फोहोर पानी जम्मा हुन नदिनुहोस् ।

ढुङ्गा

धेरैले घरको सुन्दरता बढाउन घरबाहिर विभिन्न प्रकारका ढुङ्गा र इँटा राख्छन् । तर वास्तु शास्त्रका अनुसार ढुङ्गाले मानिसलाई जीवनमा अगाडि बढ्न दिँदैन । त्यसैले घरबाहिर ढुङ्गा छ भने तुरुन्तै हटाउनुहोस्।

यो पनि…
घरमा रोप्नुहोस् यी औषधीय गुण भएका बिरूवाहरू
पुरानो सामानबाट नयाँ सजावट



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ कोशी प्रदेशका विवाहित महिलाहरूको सहभागिता रहने प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस पूर्वेली आइकन’ तेस्रो संस्करणको ताज इटहरीकी सृजना राउतले जितेकी

काठमाडौं : नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले दुबई, यूएईस्थित ताज रिसोर्ट, पाम जुमेराहमा सम्पन्न टिभिएस

काठमाडौँ — नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायिका सुस्मिता स्याङतान (Susmita Syangtan) ले नयाँ मौलिक सांगीतिक प्रस्तुति ‘थकालीको खाना (Thakaliko Khana)’

बुटवल: युवापुस्ताको रुचि, ऊर्जा, सिर्जनशीलता र सडक संस्कृतिलाई एउटै मञ्चमा जोड्दै पल्सर आरपीएम बुटवलमा आयोजना हुने भएको छ। काठमाडौंमा सुरुवात

Latest










Popular
Suggested