English

वर्ल्ड ट्रान्सप्लान्ट गेम्स २०२३ : नेपाली खेलाडीहरूको शानदार जित



अस्ट्रेलिया भएको अन्तर्राष्ट्रिय प्रत्यारोपण खेलकुद प्रतियोगितामा सहभागी नेपाली टिमले विभिन्न सात विधामा जित हासिल गर्न सफल भएकाे छ । जसमध्ये गीता श्रेष्ठले हाई जम्पमा रजत पदक, १०० र ४०० मिटर दौडमा कास्य पदक जितेकी छिन । विष्णुलाल तुसु श्रेष्ठले हाइ जम्पमा रजत पदक तथा लङ्ग जम्प र १०० मिटर दौडमा कास्य पदक जितेका छन् । साथै असीम कुमार लम्सालले ८०० मिटर दौडमा रजत पदक जितेका छन् ।

अस्ट्रेलियास्थित पर्थ सहरमा अप्रिल १५ देखि २१ सम्म भएको अन्तर्राष्ट्रिय प्रत्यारोपण खेलकुद प्रतियोगितामा विभिन्न ४६ देशबाट प्रतिनिधित्व गर्दै १६०० जनाभन्दा बढी अङ्ग प्रत्यारोपण गरेका व्यक्ति तथा अङ्ग दाताहरूले भिन्न भिन्न विधाका खेलकुद कार्यक्रमहरूमा सहभागिता जनाएका थिए । नेपालबाट सहभागी प्रत्यारोपण गरेका खेलाडीहरूले ५ किलोमिटर दौड, एथलेटिक्स विधाका १००, २००, ४००, ८०० मिटर दौड, हाइ जम्प, लङ्ग जम्प, टेबल टेनिस, ब्याडमिन्टन, सटपुट तथा ज्याभलिन लगायतका खेलकुदमा अन्य ४६ देशका खेलाडीसँग प्रतिस्पर्धामा भाग लिएका थिए ।

वर्ल्ड ट्रान्सप्लान्ट गेम्स फेडरेसनले प्रत्येक दुई दुई वर्षमा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न किसिमका अन्तर्राष्ट्रिय प्रत्यारोपण खेलकुद प्रतियोगिताहरू नियमित रूपमा आयोजना गर्दै आइरहेको छ । यस कार्यक्रमलाई खेलकुदका अलावा नयाँ जीवनको उत्सवका रूपमा र अंगदान सचेतनाको सबैभन्दा भव्य कार्यक्रमको रूपमा समेत मनाइन्छ । प्रतियोगिता नेपालको तर्फबाट देशको प्रतिनिधित्व गर्दै टिम मेनेजर हरिनारायण शर्माको नेतृत्वमा सन् २०१० देखि लगातार रूपमा राष्ट्रिय प्रत्यारोपण खेलकुदमा भाग लिई विजेता बनेका मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिहरू (ध्रुव विक्रम मल्ल, गीता श्रेष्ठ, विष्णुलाल तुसु श्रेष्ठ तथा कलेजो प्रत्यारोपण गरेका असीम कुमार लम्साललाई आरोग्य फाउन्डेसन तथा नेपाल प्रत्यारोपण खेलकुद सङ्घको तर्फबाट छनोट गरी भाग लिन पठाइएको थियो ।

आरोग्य फाउन्डेसनले अन्तर्राष्ट्रिय स्तरमा विभिन्न खेलकुद कार्यक्रम तथा अङ्गदानको क्षेत्रमा काम गर्ने संस्था वर्ल्ड ट्रान्सप्लान्ट गेम्स फेडरेसनको आधिकारिक सदस्यता प्राप्त गरी नेपालको तर्फबाट प्रतिनिधि संस्थाको मान्यता समेत पाएको छ । फेडरेसनको लागि नेपालको तर्फबाट आधिकारिक प्रतिनिधि आरोग्य फाउन्डेसनकी अध्यक्ष, आनी छोइङ डोल्मा मोक्तान लामा र टिम मेनेजरको रूपमा मिर्गौला प्रत्यारोपण गरेका व्यक्ति हरिनारायण प्रतिनिधित्व गरिरहेका छन् ।

यो पनि…
९० मिनेट पूरा हुनुअघि नै रोनाल्डो मैदानबाट बाहिरिएपछि
मैदान छिर्नुअघि खेलाडीको अनौठा हरकत : चुम्बन गर्नेदेखि नुन छर्कनेसम्म



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नयाँ स्मार्टफोन रेडमी नोट 15 5G नेपालमा ल्याएको छ । यो स्मार्टफोन अल्ट्रा–स्लिम डिजाइन, बलियो

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवस – २०२६’ को अवसरमा मार्च ८ मा पाटन संग्रहालयमा लायन्स क्लब अफ काठमाडौं ब्लडहुडको आयोजनामा

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको चलचित्र ‘राम नाम सत्य’को गीत ‘धागोले बाटेको’

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

Latest










Popular
Suggested