English

एसीसी प्रिमियर कप : ओमानमाथि नेपालको शानदार जित



एसीसी प्रिमियर कपमा नेपालले ओमानमाथि ८४ रनको जित हात पारेको छ । नेपालले दिएको ३११ रनको लक्ष्य पछ्याएको ओमानले २२६ रन मात्र बनाउन सक्यो । ४६.३ ओभरमा नवौं विकेट गुमाएको ओमानका अन्तिम ब्याट्सम्यान घाइते भएका कारण क्रिजमा आउन सकेनन् र नेपाल विजयी भयो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पहिलो इनिङमा ३१० रनको विशाल योगफल कायम गरेको थियो । एक दिवसीय अन्तर्राष्ट्रियमा नेपालको यो सबैभन्दा उच्च योगफल हो ।

नेपालका लागि कुशल मल्लले कीर्तिमानी शतक बनाए । उनले ६४ बलमा १०८ रन बनाए । त्यसैगरी, सोमपाल कामीले ६३ रन बनाए । नेपालले दिएको ३११ रनको लक्ष्य पछ्याएको ओमन ४६ ओभर ३ बलमा २२६ रनमा समेटियो । नेपालका लागि करण केसी र सन्दीप लामिछानेले समान ३ विकेट लिए ।

यो पनि…
९० मिनेट पूरा हुनुअघि नै रोनाल्डो मैदानबाट बाहिरिएपछि
मैदान छिर्नुअघि खेलाडीको अनौठा हरकत : चुम्बन गर्नेदेखि नुन छर्कनेसम्म



सम्बन्धित खबरहरु

काठमाडौँमा आज सम्पन्न विशेष कार्यक्रममा सो पुरस्कार प्रदान गरिएको हो ।५१ हजार राशी रहेको सो पुरस्कार वरिष्ठ गायक कमल बि.के.

कार्त्तिक २०, काठमाडौं। लुम्बिनी लायन्सले भारतीय प्रशिक्षक रोबिन सिंहलाई मेन्टर नियुक्त गरेको छ। लुम्बिनीले मंसिर १ देखि २७ गतेसम्म आयोजना

कार्तिक १८, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा वृहद् सामुदायिक सरसफाई अभियान समपनन भएको छ ।

कार्तिक १८, काठमाडौं। थाई एयरवेज इन्टरनेशनल पब्लिक कम्पनी लिमिटेड(THAI) ले थ्री-क्लासको सुविधासहित एयरबस A330-300 विमान सञ्चालनमा ल्याएको छ। यस विमानले

Latest










Popular
Suggested