English

यसकारण मनाइन्छ विश्व पानी दिवस



‘विश्व पानी दिवस : परिवर्तनलाई तीव्रता प्रदान गरौँ’ भन्ने नाराका साथ नेपालसहित विश्वभर आज विश्व पानी दिवस मनाइँदै छ । सन् १९९३ मा संयुक्त राष्ट्रसंघको आह्वानमा प्रत्येक वर्षको मार्च २२ लाई विश्व पानी दिवसका रूपमा मनाउन थालिएको हो ।

अहिले विश्वमा दुई अर्ब १० करोड मानिस सुरक्षित पिउने पानीबाट वञ्चित छन् । संसारका एक अर्ब ८० करोड मानिस फोहोर पानी त्यसमा पनि दिसाको अंश मिश्रित पानी पिउन बाध्य छन् । असुरक्षित पानी र कमजोर सरसफाइका कारण हरेक वर्ष करिब आठ लाख ४२ हजार जना मानिस मर्ने गरेका विश्व स्वास्थ्य संगठनले जनाएको छ । संयुक्त राष्ट्रसंघले विश्वव्यापी दिगो विकास लक्ष्य अनुसार सन् २०३० सम्ममा विश्वभर सबैको लागि स्वच्छ पानीको पहुँच पुर्याउने तथा पानीको बहु उपयोग गर्ने तथा पानीको स्रोत संरक्षणका लागि विश्वभर विभिन्न कार्यक्रम गर्ने अवधारणा तय गरेको छ ।

पछिल्लो समय जनसंख्या वृद्धि तथा बढ्दो सहरीकरणका कारण पानीका स्रोत संकटमा परेको भन्दै नियन्त्रणका लागि सरकारले विभिन्न कार्यक्रम ल्याए पनि प्रभावकारी बन्न सकेका छैनन् । विश्वभर पानीका स्रोत क्रमशः सुक्दै गएकाले तिनको संरक्षणमा संसारका सबै राष्ट्र अग्रसर हुनुपर्नेमा जोड दिँदै राष्ट्रसंघीय वातावरण तथा विकास महासभाले सन् १९९२ को मार्च २२ तारिख अर्थात् आजकै दिन विश्व पानी दिवस मनाउने घोषणा गरेको थियो ।

यो पनि…
आज विश्व सिमसार दिवस : यसकारण जोगिनुपर्छ सिमसार (फोटो फिचर)
सिमसारले फेर्छ जीवनकै काँचुली



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested