English

यसकारण स्थापना गरियो विश्व स्वास्थ्य संगठन



आजकै दिन अर्थात सन् १९४८ को ७ अप्रिलमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को स्थापना भएको थियो । विश्वव्यापी रोग र महामारीसँग जुध्न तथा स्वास्थ्य नीति निर्माण गर्न यस संस्थाको स्थापना भएको हो ।

हरेक वर्ष ७ अप्रिललाई विश्व स्वास्थ्य दिवसको रूपमा मनाइन्छ । विश्व स्वास्थ्य दिवस डब्लूएचओ र अन्य सम्बन्धित संस्थाहरूको प्रायोजनमा हरेक वर्ष ७ अप्रिलमा मनाइने विश्वव्यापी स्वास्थ्य सचेतना दिवससमेत हो ।

सन् १९४८ मा डब्लूएचओले पहिलो विश्व स्वास्थ्य सम्मेलन आयोजना गरेको थियो । सभाले सन् १९५० देखि लागू हुने गरी प्रत्येक वर्षको ७ अप्रिललाई स्वास्थ्य दिवस मनाउँने निर्णय गरेको थियो । पहिलो विश्व स्वास्थ्य दिवस अप्रिल ७, १९५० मा मनाइयो र त्यसयता हरेक वर्ष यो दिवस मनाइँदै आएको छ ।

विश्वव्यापी स्वास्थ्यको लागि महत्त्वपूर्ण विषयमा विश्वव्यापी ध्यानाकर्षण गर्ने अवसरको रुपमा यस दिनलाई उपयोगसमेत गरिन्छ । स्वास्थ्य दिवसको अवसरमा डब्लूएचओले अन्तर्राष्ट्रिय, क्षेत्रीय र स्थानीय कार्यक्रम अयोजना गर्छ । यस वर्षको विश्व स्वास्थ्य दिवस २०२२ को नारा ‘हाम्रो ग्रह, हाम्रो स्वास्थ्य’ रहेको छ ।


यो पनि…
रूसको निशाना पूर्वीयुक्रेन

पाकिस्तानलाई चीनको साथ
श्रीलंकाका मन्त्रीहरूले दिए सामूहिक राजीनामा
पाकिस्तानी सर्वोच्च अदालतद्वारा इमरान खानको निर्णय बदर



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

पृथ्वी जयन्तिको अवसर पारेर अष्ट्रेलियाका नेपालीहरूले पृथ्वी जयन्ती एवम् ‘अन्तर्राष्ट्रिय नेपाली दिवस’ मनाएका छन्। अष्ट्रेलियाका सिड्नी, क्यानबेरा, एडिलेड, ब्रिजबेन लगायत

विश्वव्यापी विकासका बहसहरू प्रायः राष्ट्र-राज्य, ठूला लगानीकर्ता र अन्तर्राष्ट्रिय संस्थाहरूको वरिपरि मात्र घुमिरहन्छन्। तर पछिल्ला वर्षहरूमा एउटा महत्त्वपूर्ण सत्य क्रमशः

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

काठमाडौं । विश्वप्रसिद्ध प्राविधिक कम्पनी शाओमीले दुई नयाँ आकर्षक मोडल — रेडमी १५ र रेडमी १५C नेपालमा सार्वजनिक गरेको छ

Latest










Popular
Suggested