आजदेखि छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव



छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (नीफ) सुरु भएको छ। बिहिबारदेखि सुरु भएको महोत्सव चैत्र ६ गते (मार्च १६ देखि २०) सम्म चल्नेछ।

क्युएफएक्सका सिनेमा घरहरुमा सुरु भएको महोत्सवले ‘थिएटर रिलिज’ नहुने छोटा फिल्म, डकुमेन्ट्री तथा एनिमेटेड फिल्महरुलाई प्रोत्साहन हुने एवं नेपाली दर्शकलाई यस्ता फिल्मको स्वाद लिने अवसर दिनेछ। यस्ता महोत्सवहरुले दर्शकको फिल्म साक्षरता अभिवृद्धि गर्न तथा चलचित्र जगतको विकास र प्रवद्र्धनलाई समेत प्लेटफर्म प्रदान गर्ने भएकाले क्युएफएक्स सिनेमाजले महोत्सवमा सहकार्य गरेको हो।

नेपाली चलचित्र निर्माणको स्तर उकास्न एवं विविधता ल्याउन सहयोग पुर्याउने क्युएफएक्सको उद्देश्य रहँदै आएको छ । नीफसँगको सहकार्य त्यही प्रयासको निरन्तरता हो। छैठौं महोत्सवमा छनोट भएका प्रतियोगी तथा अप्रतियोगी लामा÷छोटा फिल्महरु क्युएफएक्स अन्तर्गतका सिनेमा घरहरुमा प्रदर्शित हुनेछन् ।

यी सिनेमा घरहरुमा काठमाडौंको सुन्धारास्थित सिभिल मल एवं ठमेलस्थित छायाँ सेन्टर, ललितपुर पुल्चोकस्थित लबिम मल तथा भक्तपुरको राधेराधे भाटभेटनीस्थित क्युएफएक्स सिनेमाज रहेका छन् ।

विगतमा जस्तै यसपटक पनि निफमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा, छोटा फिल्म तथा डकुमेन्ट्री र एनिमेटेड फिल्महरु प्रदर्शन हुनेछन्। ३५ देशका ९५ वटा प्रतिस्पर्धी फिल्म प्रदर्शन हुने महोत्सवको उद्घाटन चलचित्र भने कोरिन शर्मा निर्देशन चलचित्र ‘चरी’ हुनेछ ।

यो फिल्म अप्रतियोगीका रुपमा महोत्सवमा देखाइनेछ। महोत्सवको उद्घाटन सुन्धारा सिभिल मलस्थित क्युएफएक्स सिनेमाजमा हुनेछ। महोत्सवमा सहभागी फिल्म हेर्नका लागि खल्ती एप वा सिनेमाघरहरुका बक्स अफिसबाट टिकट खरिद गर्न सकिनेछ।

यो पनि…
आजदेखि काठमाडौंमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव
किन चर्चामा छ ‘दि कश्मिर फाइल्स’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

४४औँ विश्व पर्यटन दिवसको अवसरमा बुधवार राजधानीस्थित कीर्तिपुरमा ‘संरक्षणको लागि साँझपखको हिँडाइ’ सम्पन्न भएको छ । कार्यक्रममा संरक्षण विज्ञ अनिल

मंगलबार साँझ हिमालयन उद्धार संघको व्हाट्सएप ग्रुपमा बुधबार बिहान पाटनढोकामा हुने ४४ औँ विश्व पर्यटन दिवस ‘प्रभातफेरी’ मा सहभागी हुन

जीवनमा समय धेरै महत्त्वपूर्ण छ । जीवनमा समयले मात्र सही बाटो देखाउँछ तर यसका लागि समयको सही दिशा हुनु आवश्यक

अहिले धेरैजसो मानिसहरू आफूलाई सुन्दर देखाउन विभिन्न कुराहरूको प्रयोग गर्छन् । धेरैले घरेलु उपाय अपनाउने गर्छन् भने धेरैले चलन अनुसार