English

विश्वकै अग्लो शिखर सगरमाथाको काखमा नारी दिवस (फोटो फिचर)



साथसाथै फाउण्डेसनकी अध्यक्ष प्रजिता कार्कीले जलवायु परिवर्तनसम्बन्धी आगामी वर्ष युएईको दुबईमा हुने अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२८) मा नेपालले पर्वतीय मुद्दामा नेतृत्वका साथ खुम्बु क्षेत्रका उजागर गर्नुपर्ने बताएकी छन् ।

एक सय १३औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसर साथसाथै फाउण्डेसन र खुम्बुपासाङल्हामु गाउँपालिकाद्वारा विश्वकै अग्लो शिखर सगरमाथाको काखमा अवस्थित खुम्बुपासाङल्हमु–४ खुम्जुङमा बुधबार आयोजित एक कार्यक्रममा (कोप–२८) मा हिमाली मुद्दामा सिङ्गो राज्यको प्राथमिकता पर्नुपर्ने उनले बताएकी हुन् ।

प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरले महिलाहरू जलवायु परिवर्तनको असरको सिकार बनेको बताएकी छन्। उनले आफूले खुम्बु क्षेत्रको पदयात्रा गर्दा जलवायु परिवर्तनकै कारण महिलाहरूले धेरै समस्या भोगेको देखेको भन्दै राज्यले नीतिगत रूपमै हिमाली भेगमा जलवायु अनुकूलनका कार्यक्रमको व्यवस्था गर्ने बताइन्।

‘यहाँको कृषि, स्वास्थ्य र पर्यापर्यटनमा निकै नै प्रभाव परेको देखियो, अब यसको समाधानमा सिङ्गो राज्य लाग्नुपर्छ, त्यसको पहलकदमी म गर्छु’, उपसभामुख राना मगरले भनिन्।

‘वर्षौँदेखि हिमाली भेगको वातावरण झेल्दै आइरहेका हिमाली भेगका महिलाहरूको अहिलेसम्मको भोगाइ, सिकाइ तथा अनुभव राज्यका लागि नीति निर्माणको आधार बन्न सक्छ । ‘म नीति–निर्माण तहमा यहाँको वातावरण र पर्यावरण जोगाउने विषयमा जोडदार कुरा उठाउँछु।’ पूर्वपरराष्ट्रमन्त्री तथा राष्ट्रियसभा सदस्य विमला राई पौड्यालले खुम्बु क्षेत्रका महिलाले भोगेको समस्या देशकै प्रतिनिधिमूलक भएको बताइन्।

जलवायु विज्ञ डा माधव कार्कीले नेपालको जलवायु परिवर्तनको नीतिमा नै जलवायु परिवर्तनसम्बन्धी महिलाहरूको अधिकार सुनिश्चित गरेको उल्लेख गरे। डा कार्कीले हिमाली क्षेत्रमा पानी आपूर्तिमा गम्भीर समस्या हुनुका साथै बेमौसममा उच्च तापक्रमका कारण हिउँ पग्लेर हिमाल आरोहणमा पनि समस्या सिर्जना हुने बताए। उनले जलवायु अनुकूलनको कार्यक्रममा महिलाको अर्थपूर्ण सहभागिता आवश्यक रहेको विचार व्यक्त गरे।

कृषि मन्त्रालयका सहसचिव सवनम शिवाकोटीले मन्त्रालयले हरेक स्थानीय तहमा जलवायु अनुकूलनका लागि कार्यक्रम सञ्चालन गरिरहेको र आगामी दिनमा पनि नीति परिमार्जन गर्दै लैजाने बताए।

गाउँपालिका उपाध्यक्ष टासील्हामु शेर्पाले स्थानीय सरकारले वातावरण संरक्षण र पर्यावरणको पक्षमा उल्लेख्य काम गरेको भन्दै सगरमाथा विश्वकै सम्पत्ति रहेकाले यस क्षेत्रको संरक्षणमा सबैको ध्यान जानुपर्ने बताए।

अभियन्ता सरु श्रेष्ठले जलवायु परिवर्तनका चुनौती सामना गर्न सक्षम बनाउन अन्तर्राष्ट्रिय समुदायबाट सहयोग खोज्न पहल गर्ने, हिमालय र तल्लो तटीय क्षेत्रमा जलवायु परिवर्तनका चुनौतीमा विश्वव्यापी ध्यान आकर्षित गराउने आफूहरूको लक्ष्य रहेको बताइन्।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले हिमाली भेगमा हिउँ पर्न छाडेको विषय र यहाँका महिलाहरूले भोगेको सवाल आमसञ्चारको प्राथमिकतामा पर्नुपर्ने धारणा राखे। सो अवसरमा खुम्बु महिला समूहका अध्यक्ष तथा प्रतिनिधिहरूले आफूहरूले पिउने पानी, स्वास्थ्य र पर्यावरणीय समस्या झेल्नुपरेको भन्दै राज्यको खबरदारी गरेका थिए।

कार्यक्रममा नेपालस्थित संयुक्त अरब इमिरेट्स (यूएई) राजदूतावासको विशेष सहयोग तथा नेपालको वन तथा वातावरण मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, युएनडिपी, इसिमोड, राष्ट्रिय प्रकृति संरक्षण कोष, खुम्बुपासाङल्हमु गाउँपालिकालगायत सङ्घसंस्था र निकायको सहकार्य थियो।

यो पनि…
फोक्सुण्डोमा साथसाथैको पदयात्रा
जलवायु परिवर्तनको चुनौती सामना गर्न संयुक्त अभियान



...
can't sell my house

It’s hard to come by educated people for this subject, however, you sound like you know what you’re talking about! Thanks

...
Kelvin

I like this site very much, Its a very nice post to read and receive info.. My webpage - ElaneR

...
Gwen

Very nice info and straight to the point. I am not sure if this is actually the best place to ask but do you people have any thoughts on where to get some professional writers? Thanks in advance :) Lista escape roomów

...
Darren

ups بهراد Check out my web-site شرکت مهرآذین بهراد

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

चलचित्र विकास बोर्डका निवर्तमान अध्यक्ष भुवन केसीले नेपाली फिल्मको विकासमा सरकारको योगदान शून्य रहेको बताएका छन् । चलचित्रकर्मीहरुले आफ्नो घरखेत

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ। एक जना बाँचेका छन्। मृत्यु

भजनी, कैलालीमा छन्, गुलेली बाजे । उमेरले ८८ वर्ष । कुनै बेला यस्तो पनि थियो जतिबेला उनी गुलेली लिएर शिकारमा

प्रख्यात धाविका मीरा राईले संचालन गरेको मिरा राई इनिसिएटिभलाई बेलायतमा बस्ने राजेन्द्र गुरुङले ७ लाख ३५ हजार ७ सय ७०

Latest










Popular
Suggested