English

फोक्सुण्डोमा साथसाथैको पदयात्रा



साथसाथै फाउन्डेसनले डोल्पाको फोक्सुण्डो क्षेत्रमा जलवायु परिवर्तनले पारेको असर सम्बन्धमा नेपालका विभिन्न क्षेत्रका अगुवा महिलाद्वारा सन्देशमूलक पदयात्रा गर्ने भएको छ । आइतबार होटल बसेरा काठमाण्डौंमा आयोजित कार्यक्रममा फाउन्डेसनले उक्त जानकारी दिएको हो ।

पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा गायिका एवं संरक्षणकर्मी आनी छोइङ डोल्मा, सर्वोच्च अदालतकी न्यायधिस सपना प्रधान मल्ल, अमेरिकाका लागि पूर्व नेपाली राजदूत अर्जुन कार्की लगायतको उपस्थिती थियो ।

कार्यक्रममा बोल्दै जलवायु परिवर्तनको क्षेत्रमा कार्यरत महिला नेतृत्वद्वारा संचालित सामाजिक संस्था अत्यन्तै न्यून रहेको अवस्थामा साथसाथै फाउण्डेसनले आशा जगाएको मन्त्री श्रेष्ठले बताए । उनले यस कार्यक्रमलाई सरकारको पूर्ण समर्थन रहने बताउँदै समय मिलेसम्म सहभागिता जनाउने समेत उल्लेख गरे ।

यस फाउन्डेसनले स्थापना कालदेखि नै जलवायु परिवर्तन, सामाजिक विकास र महिला सशक्तीकरणको क्षेत्रमा सक्रिय रूपमा विभिन्न कार्य गर्दै आएको छ ।

आगामी अक्टोबर ८ देखि १४ तारिखसम्म हुने उक्त पदयात्रामा स्थानीय, प्रदेश र संघीय सरकारको सहयोग रहेको छ । यस पदयात्राको क्रममा फोक्शुण्डो ताल संरक्षण, प्रकृतिमा आधारित पर्यटन विकास र जलवायु परिवर्तनले जनजीवनमा पारेको प्रभावलगायत विषयमा अन्र्तक्रिया तथा विशेष कार्यक्रम गरिने फाउन्डेसनले जनाएको छ ।

जलवायु परिवर्तनले उच्च हिमाली क्षेत्रमा पारेको असर, स्थानीय महिलाको जनजीवनमा परेको समस्या र प्रकृतिमा आधारित पर्यटनको सम्भावनाको उजागर गर्न र त्यसको समाधानका लागि सम्बन्धित ध्यानाकर्षण गराउने उक्त पदयात्राको प्रमुख उद्देश्य रहेको फाउन्डेसनकी अध्यक्ष प्रजिता कार्कीले जानकारी दिइन् ।

‘कार्बन उत्सर्जनमा नगन्य योगदान भए पनि जलवायु परिवर्तनले नेपालको प्रकृति र सामाजिक जीवनमा देखिएका समस्या विश्वलाई सुनाउन चाहन्छौँ । नेपाल सरकार र सम्बद्ध निकायसँग सहकार्य गर्न चाहन्छौँ’, अध्यक्ष कार्कीले भनिन्, ‘नेपाल प्राकृतिकरुपमा धेरै सुन्दर र सम्पन्न छ तर हामीले यसको दिगो उपयोग गरेर उचित लाभ लिन सकेका छैनौँ ।

फोक्शुण्डोमा ‘हिमालबाट महिलाको आवाज, जलवायु न्यायका लागि महिला एकता र प्रकृतिमा आधारित पर्यटनको विकास’ शीर्षकमा विशेष अन्र्तक्रिया गरिने उक्त कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञ महिलासहित ६० जनाले पदयात्रा गर्नेछन् ।

यो पनि…
जलवायु परिवर्तनको चुनौती सामना गर्न संयुक्त अभियान
नेपालमा भेटियो छेपारोको नयाँ प्रजाति



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

मान्छेका विभिन्न रुचि हुन्छन्, त्यसमध्ये पुराना नोट, सिक्काको संकलन पनि एक हो । कतिपयले त यसैलाई आफ्नो पेशा नै बनाएका

शनिवारको दिन बाहिर कतै गएर मूड फ्रेस गर्ने मन कसलाई पो हुँदैन र ? तर घुम्न कता जाने भन्ने समस्या

अहिले होली पर्वलाई भाङ खाने, मदिरापान गर्ने, होहल्ला गर्ने गरेर मनाउन थालिएको छ । यसले यो पर्वको महत्वलाई भुलाउदै नराम्रो