English

जलवायु परिवर्तनको चुनौती सामना गर्न संयुक्त अभियान



लुम्बिनी विश्व शान्ति मञ्च, नेपाल र ग्लोबल ल थिंकर्स सोसाइटी (जीएलटीएस), बंगलादेशले संयुक्त रूपमा जलवायु परिवर्तनसँग लड्न ‘हरियो युद्ध, हरियो स्वतन्त्रता’ भन्ने नाराका साथ ढाकामा नेपाल–बंगलादेश संयुक्त वृक्षारोपण कार्यक्रम सुरु गरेका छन् ।

लुम्बिनी विश्व शान्ति मञ्च र जीएलटीएसले दुई देशको युवा संलग्नता सुनिश्चित गर्नको लागि द्विपक्षीय संयुक्त अभियानको थालनी गरेको छ जसले विश्वव्यापी पहल ‘गार्डियन अफ द अर्थ’ मार्फत दिगो विकासका लागि पर्यावरण संरक्षणको अभियानमा हातेमालो गरेको छ।

यस पहलले बङ्गालको खाडीको तटीय रेखादेखि हिमालयको काखसम्म फैलिएको सीमापार वृक्षारोपण अभियानमार्फत क्षेत्रीय रूपमा संयुक्त कार्यक्रमहरू अघि बढाउने छ।

लुम्बिनी विश्व शान्ति मञ्चले विगत ५ वर्ष देखि नेपालका विभिन्न भागहरूमा वृक्षारोपण गर्दै आएको छ।

सोही सामाजिक प्रतिबद्धतामा जीएलटीएसका संस्थापक रौमन स्मिता र लुम्बिनी विश्व शान्ति मञ्चका अध्यक्ष बासु गौतमले अन्तर्देशीय पर्यावरण संरक्षण अभियानका लागि सहमति पत्रमा हस्ताक्षर गरेका छन्।

कार्यक्रममा महासचिव अहसानुल आलम जोन, उपनिर्देशक महिर दयान, ब्र्याक सोसल इनोभेसन ल्याबका सोसल इनोभेसन फेलो कुलदीप बन्धु अर्याल, अन्य जिएलटिएस अधिकारीहरू र जिएलटिएसको विंग ग्रिन युनाईटेड नेशन्स का हरित सेनाको उपस्थिति थियो।

साथै नेपाल र बंगलादेशले युवा लक्षित पर्यावरण संरक्षण सम्बन्धी संयुक्त रूपमा विस्तृत गतिविधिहरू घोषणा गरेका छन्।

कार्यक्रममा जिएलटिएसका अध्यक्ष रौमन स्मिताले भने, ‘जलवायु परिवर्तन विश्वव्यापी समस्या हो, यस समस्यालाई न्यूनीकरण गर्न विश्वका सबै देशहरू अगाडि आउनु पर्छ। जलवायु परिवर्तनमा युवाको भूमिका र नेतृत्व सुनिश्चित गरिनुपर्छ । वृक्षारोपणका लागि हात मिलाउनुपर्छ । नेपाल र बंगलादेशले अन्य देशका युवाका लागि उदाहरण बसाल्नेछ ।’

लुम्बिनी विश्व शान्ति मञ्चका अध्यक्ष वासु गौतमले भने, ‘रुखको कुनै सिमाना हुँदैन, ती सबै राष्ट्र र पृथ्वीका सबै मानिसका लागि एकमात्र समाधानको उपाय प्रकृति–मैत्री जीवनशैली र वृक्षारोपणको अभियान हो।’

वृक्षारोपणको गरी सुरु भएको कार्यक्रम पछि लुम्बिनी विश्व शान्ति मञ्च र जिएलटिएस ले सन् २०३० सम्म नेपाली युवा र बंगलादेशी युवाहरूलाई सामेल गराई पर्यावरण बचाउ अभियान पनि थालनी गर्ने समझदारी पत्रमा हस्ताक्षर गरे।

यो पनि
बृक्षारोपण महाअभियान पुग्यो लुम्बिनी
बुटवलमा ‘दश लाख बृक्षारोपण तथा संरक्षण महाअभियान’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

Latest










Popular
Suggested