English

‘दश लाख बृक्षरोपण तथा संरक्षण अभियान’ को निरन्तरता



दश लाख बृक्षरोपण तथा संरक्षण अभियान अन्तर्गत शनिबार रुपन्देही जिल्लाको शुद्धोधन गाउँपालिका वडा नं ७ स्थित जनता माध्यमिक विद्यालयको प्राङ्गणमा बृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ ।

लुम्बिनी विश्व शान्ति मञ्चले हाल देशभरि सञ्चालन गरिरहेको दश लाख बृक्षरोपण तथा संरक्षण अभियान अन्तरगत रोटरी क्लब अफ बुटवल साउथको आयोजनामा शुद्धोधन गाउँपालिकामा टिक, आँप, जामुन, अशोक र धुपीका २०० बिरुवाहरू लगाउने काम सम्पन्न भएको हो।

शुद्धोधन गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद बश्यालको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रमको सभापतित्व रोटरी क्लब अफ बुटवल साउथका अध्यक्ष टंकनाथ अधिकारीले गरेका थिए। कार्यक्रममा रोटराक्ट क्लब अफ तिनाउ सिटीका अध्यक्ष मनोरथ अर्यालले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने वडा अध्यक्ष भीम बहादुर यादव, रोटरी डिस्ट्रिक्ट ३२९२ जोन ३१ का असिस्टेन्ट गभर्नर सञ्जीव रेग्मी लगायतले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन रोटरियन ज्ञानेन्द्र गिरीले गरेका थिए ।

लुम्बिनी विश्व शान्ति मञ्चको आयोजनामा गत जुन ०५ ९जेठ २२० विश्व वातावरण दिवस यता मात्र काठमाडौँको चन्द्रागिरि, काभ्रेपलान्चोकको पनौती, रुपन्देहीको बुटवल–भैरहवा र तिलोत्तमा, काठमाडौँको गोकर्णेश्वर, सिन्धुलीको खाल्टे, बाँकेको नेपालगन्ज र बुद्ध जन्मस्थल लुम्बिनीमा गरी ३००० बिरुवा रोपिएको छ। बृक्षरोपण गरिएका स्थानहरूमा स्थानीय रोटरी क्लब, लायन्स क्लब, मन्दिर व्यवस्थापन समिति, विद्यालय व्यवस्थापन समिति, टोल समिति विभिन्न र सामाजिक सङ्घ९संस्थाहरूले संरक्षणको जिम्मा लिएका छन्।

दश लाख बृक्षारोपण तथा संरक्षण अभियान अन्तर्गत यो महिनाको अन्तिम साता लुम्बिनी प्रदेशको बुटवल र पाल्पामा ८०० बिरुवा रोप्ने कार्यक्रम रहेको छ। विश्व वन्यजन्तु संरक्षण कोष नेपालको सहकार्यमा उक्त बृक्षरोपण कार्यक्रम गरिने लुम्बिनी विश्व शान्ति मञ्चका महासचिव तथा प्रवक्ता धिरेन्द्र पन्तले जानकारी दिए। दश लाख बृक्षारोपण तथा संरक्षण अभियानको मिडिया पार्टनरका रूपमा राईज मिडिया नेटवर्क रहेको छ।

यो पनि…
लुम्बिनी प्रदेशको प्राथमिकतामा गौरवका आयोजना
पनौतीमा वृक्षारोपण



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested