English

‘दश लाख बृक्षरोपण तथा संरक्षण अभियान’ को निरन्तरता



दश लाख बृक्षरोपण तथा संरक्षण अभियान अन्तर्गत शनिबार रुपन्देही जिल्लाको शुद्धोधन गाउँपालिका वडा नं ७ स्थित जनता माध्यमिक विद्यालयको प्राङ्गणमा बृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ ।

लुम्बिनी विश्व शान्ति मञ्चले हाल देशभरि सञ्चालन गरिरहेको दश लाख बृक्षरोपण तथा संरक्षण अभियान अन्तरगत रोटरी क्लब अफ बुटवल साउथको आयोजनामा शुद्धोधन गाउँपालिकामा टिक, आँप, जामुन, अशोक र धुपीका २०० बिरुवाहरू लगाउने काम सम्पन्न भएको हो।

शुद्धोधन गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद बश्यालको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रमको सभापतित्व रोटरी क्लब अफ बुटवल साउथका अध्यक्ष टंकनाथ अधिकारीले गरेका थिए। कार्यक्रममा रोटराक्ट क्लब अफ तिनाउ सिटीका अध्यक्ष मनोरथ अर्यालले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने वडा अध्यक्ष भीम बहादुर यादव, रोटरी डिस्ट्रिक्ट ३२९२ जोन ३१ का असिस्टेन्ट गभर्नर सञ्जीव रेग्मी लगायतले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन रोटरियन ज्ञानेन्द्र गिरीले गरेका थिए ।

लुम्बिनी विश्व शान्ति मञ्चको आयोजनामा गत जुन ०५ ९जेठ २२० विश्व वातावरण दिवस यता मात्र काठमाडौँको चन्द्रागिरि, काभ्रेपलान्चोकको पनौती, रुपन्देहीको बुटवल–भैरहवा र तिलोत्तमा, काठमाडौँको गोकर्णेश्वर, सिन्धुलीको खाल्टे, बाँकेको नेपालगन्ज र बुद्ध जन्मस्थल लुम्बिनीमा गरी ३००० बिरुवा रोपिएको छ। बृक्षरोपण गरिएका स्थानहरूमा स्थानीय रोटरी क्लब, लायन्स क्लब, मन्दिर व्यवस्थापन समिति, विद्यालय व्यवस्थापन समिति, टोल समिति विभिन्न र सामाजिक सङ्घ९संस्थाहरूले संरक्षणको जिम्मा लिएका छन्।

दश लाख बृक्षारोपण तथा संरक्षण अभियान अन्तर्गत यो महिनाको अन्तिम साता लुम्बिनी प्रदेशको बुटवल र पाल्पामा ८०० बिरुवा रोप्ने कार्यक्रम रहेको छ। विश्व वन्यजन्तु संरक्षण कोष नेपालको सहकार्यमा उक्त बृक्षरोपण कार्यक्रम गरिने लुम्बिनी विश्व शान्ति मञ्चका महासचिव तथा प्रवक्ता धिरेन्द्र पन्तले जानकारी दिए। दश लाख बृक्षारोपण तथा संरक्षण अभियानको मिडिया पार्टनरका रूपमा राईज मिडिया नेटवर्क रहेको छ।

यो पनि…
लुम्बिनी प्रदेशको प्राथमिकतामा गौरवका आयोजना
पनौतीमा वृक्षारोपण



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,