English

तराईमा बज्ने चर्चित नेपाली होली गीतहरू



सामाजिक सदभाव र माधुर्यता झल्काउने फागु पर्व फागुन शुल्क पूर्णिमाका दिन मनाइन्छ । फागु अर्थात् होली पर्व यसपटक उपत्यकामा सोमबार मनाइयो । तराईमा मंगलबार मनाइँदैछ । होलीमा रंगलाई एकआपसमा सद्भावको प्रतीकका रूपमा लगाइने गरिन्छ । वसन्त ऋतुको आगमन र हेमन्त ऋतुलाई बिदाइ गर्ने यो पर्वमा होली गीतहरूमा रंगप्रेमी झुम्ने गरेका छन् । रंगप्रेमीहरूले प्रत्येक वर्ष सम्झिने होलीमा आधारित नेपाली फिल्ममा समावेश केही गीत बिहीबार पहाडी भेगमा घन्किए । यी गीतहरू आज तराईमा घन्किने छन् ।

सीता : जनकपुरमे होली हे

होलीलाई विशेष रूपमा मनाइने मिथिला अर्थात् जनकपुरमा पनि होली मनाइँदैछ । जनकपुरको आसपासमा छायांकन गरिएको फिल्म हो सीता । नेपाली फिल्ममा समावेश सदाबहार होलीका गीतहरूमा पर्छ– ‘जनकपुरमे होली हे’ । यो गीतमा शम्भुजित बासकोटाले संगीत दिएका छन् । गीतमा अभिनेता श्रीकृष्ण श्रेष्ठ र सारंगा श्रेष्ठ फिचर्ड छन् । अशोक शर्माको निर्देशनमा तयार भएको फिल्म अधिकांश जनकपुरमै छायांकन गरिएको थियो ।

अधिकार : होलीले रंगायो मेरो नयाँ चोली

होलीमा घन्किने गीतमा पर्छ, ‘होलीले रंगायो मेरो नयाँ चोली’ । अधिकार फिल्मको यो गीतमा होलीकै प्रसंग छ । प्रकाश थापा निर्देशित फिल्मको यो गीतमा पनि संगीत शम्भुजित बासकोटाले दिएका छन् । गीतमा शब्द किरण खरेलले कोरेका हुन् भने यसमा उदितनारायण झा, दीपानारायण झा, प्रकाश श्रेष्ठ, पूर्णिमा श्रेष्ठको स्वर छ । गीतमा राजेश हमाल, कृष्टि मैनाली, मिथिला शर्मालगायतको अभिनय छ ।

वसन्ती : फागु हो फागु हो

होली आएपछि जताततै सुनिने नेपाली गीतमा पर्छ– ‘फागु हो फागु’ । निर्देशक नीर शाह निर्देशित फिल्म ‘वसन्ती’मा समावेश यो गीत गुञ्जमान भएसँगै होली आएको आभास हुन्छ । गीतको शब्द पनि नीर शाह आफैंले लेखेका हुन् । संगीत शम्भुजित बासकोटाकै छ । गीतमा निरुता सिंह, करिश्मा मानन्धरलगायतका कलाकारले अभिनय गरेका छन् ।

संरक्षण : होरीमे गोरी

पूर्णेन्दु झा निर्देशित फिल्म संरक्षणमा समावेश ‘होरीमे गोरी’ बोलको गीत तराई क्षेत्रमा निकै बज्ने गरेको छ । यो गीतले होली तराईमै मनाइरहेको दृश्यलाई समेटेको छ । नेपाली फिल्म भए पनि तराईमा होली सन्दर्भलाई कैद गरेकै कारण यो गीत भोजपुरी भाषामा छ । गीतमा नेहा प्रियादर्शन र प्रवेश मल्लिकको आवाज, धिरेन्द्र प्रेमर्षीको शब्द र संगीत प्रवेश मल्लिकको छ । सौगात मल्ल, मलिना जोशी र अशिष्मा नकर्मी गीतमा फिचर्ड छन् ।

फागु : आउ न आउ खेलौँ होली

अभिनेत्री करिश्मा मानन्धरको निर्माण तथा सम्झना उप्रेती रौनियारको निर्देशन रहेको फिल्ममा ‘आउ न आउ खेलौं होली’ गीत समावेश छ । गीतमा दयाराम पाण्डेको शब्द र बसन्त सापकोटाले संगीत दिएका छन् । गीतमा मिना निरौला, मनोज महतो, रञ्जितकुमार सहानीको स्वर छ । फिल्मका प्रमुख कलाकारमा शिल्पा पोखरेल र सुवास पराजुली छन् ।

यो पनि…
फागुको दिन, मन मगन

काठमाडौँ फागु उत्सव (फोटो फिचर)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,