English

तराईमा बज्ने चर्चित नेपाली होली गीतहरू



सामाजिक सदभाव र माधुर्यता झल्काउने फागु पर्व फागुन शुल्क पूर्णिमाका दिन मनाइन्छ । फागु अर्थात् होली पर्व यसपटक उपत्यकामा सोमबार मनाइयो । तराईमा मंगलबार मनाइँदैछ । होलीमा रंगलाई एकआपसमा सद्भावको प्रतीकका रूपमा लगाइने गरिन्छ । वसन्त ऋतुको आगमन र हेमन्त ऋतुलाई बिदाइ गर्ने यो पर्वमा होली गीतहरूमा रंगप्रेमी झुम्ने गरेका छन् । रंगप्रेमीहरूले प्रत्येक वर्ष सम्झिने होलीमा आधारित नेपाली फिल्ममा समावेश केही गीत बिहीबार पहाडी भेगमा घन्किए । यी गीतहरू आज तराईमा घन्किने छन् ।

सीता : जनकपुरमे होली हे

होलीलाई विशेष रूपमा मनाइने मिथिला अर्थात् जनकपुरमा पनि होली मनाइँदैछ । जनकपुरको आसपासमा छायांकन गरिएको फिल्म हो सीता । नेपाली फिल्ममा समावेश सदाबहार होलीका गीतहरूमा पर्छ– ‘जनकपुरमे होली हे’ । यो गीतमा शम्भुजित बासकोटाले संगीत दिएका छन् । गीतमा अभिनेता श्रीकृष्ण श्रेष्ठ र सारंगा श्रेष्ठ फिचर्ड छन् । अशोक शर्माको निर्देशनमा तयार भएको फिल्म अधिकांश जनकपुरमै छायांकन गरिएको थियो ।

अधिकार : होलीले रंगायो मेरो नयाँ चोली

होलीमा घन्किने गीतमा पर्छ, ‘होलीले रंगायो मेरो नयाँ चोली’ । अधिकार फिल्मको यो गीतमा होलीकै प्रसंग छ । प्रकाश थापा निर्देशित फिल्मको यो गीतमा पनि संगीत शम्भुजित बासकोटाले दिएका छन् । गीतमा शब्द किरण खरेलले कोरेका हुन् भने यसमा उदितनारायण झा, दीपानारायण झा, प्रकाश श्रेष्ठ, पूर्णिमा श्रेष्ठको स्वर छ । गीतमा राजेश हमाल, कृष्टि मैनाली, मिथिला शर्मालगायतको अभिनय छ ।

वसन्ती : फागु हो फागु हो

होली आएपछि जताततै सुनिने नेपाली गीतमा पर्छ– ‘फागु हो फागु’ । निर्देशक नीर शाह निर्देशित फिल्म ‘वसन्ती’मा समावेश यो गीत गुञ्जमान भएसँगै होली आएको आभास हुन्छ । गीतको शब्द पनि नीर शाह आफैंले लेखेका हुन् । संगीत शम्भुजित बासकोटाकै छ । गीतमा निरुता सिंह, करिश्मा मानन्धरलगायतका कलाकारले अभिनय गरेका छन् ।

संरक्षण : होरीमे गोरी

पूर्णेन्दु झा निर्देशित फिल्म संरक्षणमा समावेश ‘होरीमे गोरी’ बोलको गीत तराई क्षेत्रमा निकै बज्ने गरेको छ । यो गीतले होली तराईमै मनाइरहेको दृश्यलाई समेटेको छ । नेपाली फिल्म भए पनि तराईमा होली सन्दर्भलाई कैद गरेकै कारण यो गीत भोजपुरी भाषामा छ । गीतमा नेहा प्रियादर्शन र प्रवेश मल्लिकको आवाज, धिरेन्द्र प्रेमर्षीको शब्द र संगीत प्रवेश मल्लिकको छ । सौगात मल्ल, मलिना जोशी र अशिष्मा नकर्मी गीतमा फिचर्ड छन् ।

फागु : आउ न आउ खेलौँ होली

अभिनेत्री करिश्मा मानन्धरको निर्माण तथा सम्झना उप्रेती रौनियारको निर्देशन रहेको फिल्ममा ‘आउ न आउ खेलौं होली’ गीत समावेश छ । गीतमा दयाराम पाण्डेको शब्द र बसन्त सापकोटाले संगीत दिएका छन् । गीतमा मिना निरौला, मनोज महतो, रञ्जितकुमार सहानीको स्वर छ । फिल्मका प्रमुख कलाकारमा शिल्पा पोखरेल र सुवास पराजुली छन् ।

यो पनि…
फागुको दिन, मन मगन

काठमाडौँ फागु उत्सव (फोटो फिचर)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested