English

होलिका दहनको खुसीयाली मनाउन ‘होली’



काठमाडौँ उपत्यकासहित पहाडी तथा हिमाली क्षेत्रमा सोमबार आज (होली पर्व) फागु पूर्णिमा मनाइँदै छ । प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन फागु पूर्णिमा मनाइन्छ ।

आजको दिनमा विशेष रूपमा बालबालिकादेखि वृद्ध वृद्धाले उत्सवका रूपमा एक आपसमा रङ, अबिर लगाइदिने, नाच गान गर्ने र मिठो परिकार बनाएर खाने र खुवाउने गरेर हर्षोल्लासका साथ मनाइने गरिन्छ ।

किम्बदन्तीका अनुसार त्रेता युगमा नास्तिक हिरण्यकशिपु नाम एक क्रूर राक्षस थिए । उनी नास्तिक भएका कारण भगवानको लीलामा विश्वास गर्दैनथे । उनको प्रह्लाद नामक छोरा थिए, जो भगवान् विष्णुको परम भक्त थिए ।

हिरण्यकशिपु आफूले आफूलाई बलवान ठान्दथे । तर उनको पुत्र उनको आराधना नगरी विष्णु भगवानको आराधना गर्दथे । त्यो कुरा उनले सहन सकेनन् जस कारण आफ्नै पुत्रलाई मार्न तयार भए ।

अन्ततः उनको योजनाअनुरूप हिरण्यकशिपु पुत्रलाई अग्नि कुण्डमा राखेर मार्नको निम्ति अग्निले पनि डढाउन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादलाई काखमा राखेर अग्नि कुण्डमा बसाए ।

तर अग्नि बस्दा पनि विष्णु भगवानको प्रार्थना गरेर बसेका प्रह्लादलाई अग्निले भष्म गरेन । उल्टै होलीका भने भस्म भइन् ।अन्त्यमा हिरण्यकशिपुलाई भगवान् विष्णुले नृसिंह अवतार लिएर मारेका थिए ।

होलिका दहनकै खुसीयाली मनाउन आपसमा रङ र अबिर लगाएर होली पर्व मनाउने परम्परा परापूर्व कालदेखि चलिआएको धार्मिक मान्यता छ । सोमबार पहाड तथा हिमाली क्षेत्रमा मनाइने फागु पूर्णिमा मंगलबार तराई मधेसमा होलीको रूपमा मनाइँदै छ ।

यो पनि…
नेपाली फिल्मले होलीलाई दिएको छ महत्त्व
होली भन्नेबित्तिकै के सम्झिन्छन् कलाकार ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested