English

नेपालको छायांकनमा आइपुग्यो फिल्म युनिट ‘सम्हालिएको जाती’



निर्माणको अन्तिम चरणमा पुगेको फिल्म ’सम्हालिएको जाती’ को इटहरीमा पत्रकार सम्मेलन गरिएको छ । भुटानी शरणार्थी हरूको कथामा तयार हुँदै गरेको फिल्मको अमेरिकामा ७० प्रतिशत छायांकन सम्पन्न भैसकेको छ भने अब बाकी ३० प्रतिशत छायांकन नेपालमा हुने पत्रकार सम्मेलनमा बताइएको छ । इटहरीमा अवस्थित डिथ्री अनलाइनको सभा हलमा आयोजना गरिएको सम्मेलनमा फिल्मका तर्फबाट निर्माता दीपक परियार, अभिनेता विक्रम विश्व र निर्देशक सन्तोष रामदामको उपस्थिति रहेको थियो ।

यस्तै पत्रकार सम्मेलनकै क्रममा लामो समयदेखि इटहरीबाट निर्माता, लेखक तथा निर्देशकको रूपमा अनुभव बटुल्दै फिल्म उद्योगमा यही ठाउँबाट योगदान पुर्याएको भन्दै फिल्म युनिटले कोशी भिजन फिल्मसका प्रबन्ध निर्देशक समेत रहेका लाखमान योञ्जन तामाङलाई सम्मान समेत गरेको छ । तामाङसँग ३४ बर्सपछि भेट भएको र उनेको प्रगति र अनुभवलाई सम्मान गर्दै पुनः सहकार्य गर्ने अवसर जुरेकोमा निर्देशक रामदामले खुसी व्यक्त गरे ।

‘सम्हालिएको जाती’ फिल्मको नेपालमा हुने छायांकनको जिम्मेवारी पनि कोशी भिजनले नै पाएको छ । झापाको शरणार्थी शिविर तथा विराटनगर एयरपोर्ट लगायत कोशी प्रदेशका विभिन्न ठाउँमा यो फिल्मको छायांकन हुनेछ । फिल्ममा कलाकार बुद्धि तामाङको पनि विशेष भूमिका रहने बताइएको छ । झन्डै १ करोड लागतमा बन्ने फिल्मलाई नेपाल, अमेरिका लगायत विश्वभर रिलिज गर्ने निर्माण युनिटले बताएको छ ।

यो पनि…
एकैथलोमा कविताका तीन पुस्ता
‘ह्यारी की प्यारी हेर्न’ पुगेका सेलिब्रिटी



सम्बन्धित खबरहरु

काठमाडौँमा आज सम्पन्न विशेष कार्यक्रममा सो पुरस्कार प्रदान गरिएको हो ।५१ हजार राशी रहेको सो पुरस्कार वरिष्ठ गायक कमल बि.के.

कार्त्तिक २०, काठमाडौं। लुम्बिनी लायन्सले भारतीय प्रशिक्षक रोबिन सिंहलाई मेन्टर नियुक्त गरेको छ। लुम्बिनीले मंसिर १ देखि २७ गतेसम्म आयोजना

कार्तिक १८, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा वृहद् सामुदायिक सरसफाई अभियान समपनन भएको छ ।

कार्तिक १८, काठमाडौं। थाई एयरवेज इन्टरनेशनल पब्लिक कम्पनी लिमिटेड(THAI) ले थ्री-क्लासको सुविधासहित एयरबस A330-300 विमान सञ्चालनमा ल्याएको छ। यस विमानले

Latest










Popular
Suggested