English

कोरोनाबाट एकैदिन ३५ जनाको मृत्यु, ४,९२८ मा संक्रमण पुष्टि



नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण ३५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा अहिलेसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको कुल संख्या ३ हजार २ सय ४६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार ९ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ लाख १७ हजार ५ सय ३० पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा ८ सय ८८ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ८० हजार १ सय ६७ रहेको छ । क्वारेन्टाइनमा अहिले ५९ जना रहेका छन् भने आइसोलेशनमा रहनेको संख्या ३४ हजार १ सय १७ रहेको छ ।

त्यस्तै गत २४ घण्टामा १२ हजार ५९७ जनाको पीसीआर परीक्षण भएको छ भने ९६३ जनाको एन्टीजेन परीक्षण भएको छ । योसँगै नेपालमा गत २४ घण्टामा १३ हजा ५ सय ६० जनाको कोरोना परीक्षण भएको हो ।



सम्बन्धित खबरहरु

आरोही फुर्वा तेन्जिङ शेर्पा र राज गुरुङद्वयले सगरमाथाको चुचुरोमा पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा प्रशिक्षक राजुकाजी शाक्यको फोटो अंकित झण्डा

स्याङ्जाको एउटा सामान्य गाउँमा जन्मिएका राज गुरुङको जीवन यात्रा कुनै चलचित्रको कथा भन्दा कम छैन । बाल्यकाल भारतको देहरादूनमा बिताएका

लोकप्रिय गायक करण परियारको सुमधुर स्वरमा सजिएको नयाँ आधुनिक नेपाली गीत “ढाँटछेउ कतिलाई” सार्वजनिक भएको छ। नेपाली सांगीतिक क्षेत्रमा निरन्तर

इटहरी/ ‘मिस एसईई इटहरी’ पाँचौं संस्करणको अन्तिम प्रतिष्पर्धामा पुगेका प्रतिष्पर्धीहरुको फोटोसुट र भिडियोसुट सम्पन्न भएको छ । मोरङ्गको गोकुलम रिसोर्ट

Popular
Suggested