English

स्मार्ट सिरोजेनिक्स : ग्राहकहरूको सहजताका लागि नयाँ शोरुम



नेपालका लागि सुजुकीका चारपाङ्ग्रे सवारीसाधनको आधिकारिक वितरक सीजी होल्डिङ्सले सीजी–नेक्सजेनको अवधारणा ल्याएको छ । कम्पनीले आफूले बिक्री गर्दै आएका सुजुकी ब्रान्डका विभिन्न मोडलहरूमध्ये प्रिमियम सेगमेन्टका सवारीसाधनहरूको बिक्री व्यवस्थापन गर्न सीजी–नेक्सजेनको अवधारणा ल्याएको बताएको छ ।

सो अवधारणाअन्तर्गत ग्राहकहरूलाई विश्वस्तरीय सेवा सुविधा तथा अनुभव प्रदान गर्ने उद्देश्यका साथ नक्साल काठमाडौंमा कम्पनीको आधिकारिक डिलरको रूपमा स्मार्ट सिरोजेनिक्सलाई नियुक्त गरेको छ । सो स्मार्ट सिरोजेनिक्स शोरूमको उद्घाटन सीजीरनेक्सजेनका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुणकुमार चौधरी र सिरोहिया ग्रुपका अध्यक्ष गोपालप्रसाद सिरोहियाले संयुक्त रूपमा गरेका हुन् ।

सवारीसाधन खरिदकर्तालाई सवारीसाधनको खरिदप्रति उच्च एवं स्मरणीय अनुभव प्रदान गर्नु नै सीजी–नेक्सजेन च्यानलको बेन्चमार्क हो । ग्राहकहरूलाई सहज र झन्झटमुक्त अनुभव प्रदान गर्न नयाँ शोरुम डिजाइन गरिएको हो ।

सीजी–नेक्सजेनमार्फत सुजुकी ब्रान्डका प्रिमियम गाडीहरू उपलब्ध हुनेछन् भने ग्राहकवर्गहरूले गाडी खरिद गर्दाको अनुभव फरक र उच्चस्तरीय भएको पाउने कम्पनीको दाबी छ । यही विश्वासका साथ नक्सालस्थित ‘स्टेट अफ द आर्ट’ शोरुमबाट ग्राहकहरूले सुजुकीको ‘ग्रान्ड भाइतारा, स्क्रोस, इर्टिगा, एक्सएल६, डिजायर, इग्निस, बालेनोजस्ता प्रिमियम गाडीहरू खरिद गर्न सक्ने बताइएको छ । शोरुममा टेस्ट राइड, एक्सचेन्ज र फाइनान्सको सुविधा एउटै छानाबाट उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

यो पनि…
सबै गाडी एकैठाउँ भेला, सुरु हुँदै अटो कुम्भमेला
विद्युतीय सवारीसाधनमा बढाइएको कर घटाउन नाडाको आग्रह



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested