English

निषेधाज्ञामा खाद्य कम्पनीका चार बिक्री केन्द्र खुला, निःशुल्क होम डेलिभरी



खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले निषेधाज्ञा अवधिभर उपत्यकाका चार स्थानबाट खाद्य सामाग्री विक्री वितरण गर्ने भएको छ । निषेधाज्ञाका कारण व्यापारीहरुले कृत्रिम अभाव सिर्जना गर्न सक्ने कुरालाई मध्यनजर गर्दै कम्पनीले सुर्यविनायक, नख्खु, थापाथली र रामशाहपथबाट सुपथ मूल्यमा खाद्यान्न बिक्री सुरु गरेको हो ।

केन्द्रबाट बासमती चामल, जुम्ली मार्सी चामल, कर्णालीको सिमी, खाने तेल, घ्यु लगायतका खाद्य सामाग्री बिक्री गरिने कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने बताउँछिन् ।

सामाग्री किनमेल गर्न चाहनेहरुका लागि निःशुल्क होम डेलिभरी सेवाको पनि व्यवस्था गरिएको छ । कम्पनीको अनलाइन पोर्टल नेपाल फुडमार्फत चक्रपथ भित्र र सस्तो डिलमार्फत उपत्यका भरी निःशुल्क उपभोक्ताको घर दैलोमा होम डेलिभरी सेवा सञ्चालन गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कहाँ कति बजेसम्म खुल्छन् बिक्री केन्द्र ?

थापाथली बिक्री केन्द्र बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म खुला रहने छ । यस्तै, नख्खुमा बिहान ७ बजेदेखि ५ बजेसम्म, रामशाहपथमा बिहान ७ देखि ११ बजेसम्म र सुर्यविनायकमा बिहान ७ देखि ११ बजेसम्म खुला रहने कम्पनीले जनाएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

इटहरी/ कोशी प्रदेशका विवाहित महिलाहरूको सहभागिता रहने प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस पूर्वेली आइकन’ तेस्रो संस्करणको ताज इटहरीकी सृजना राउतले जितेकी

Latest










Popular
Suggested