English

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर



नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ। शुक्रबार अमेरिकी डलरको भाउसँगै युरोपियन युरो र अष्ट्रेलियन डलरको भाउ घटेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रुपैयाँ ८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६८ पैसा कायम गरिएको छ। बिहीबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ २७ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८७ पैसा थियो। यो मूल्य अघिल्लो दिनको १९ पैसा घटेको हो।

युरोपियन युरो एकको खरिदमा भने १४० रूपैयाँ र बिक्रीमा १४० रूपैयाँ ६३ पैसा पाइन्छ। बिहीबार युरो एकको खरिदमा भने १४० रुपैयाँ ६३ पैसा र बिक्रीमा १४१ रुपैयाँ २७ पैसा कायम गरिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा ६४ पैसा घटेको हो।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ९० रूपैयाँ १३ पैसा र बिक्रीमा ९० रूपैयाँ ५४ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा १० पैसा घटेको हो। यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १५८ रूपैयाँ ९८ पैसा र बिक्रीदर १५९ रूपैयाँ ७० पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ६३ पैसा र बिक्रीमा ९८ रूपैयाँ ७ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ १९ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३६ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ २० पैसा र बिक्रीदर ३५ रूपैयाँ ३६ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ९६ पैसा र बिक्रीमा ३६ रूपैयाँ १२ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २९ रूपैयाँ ७९ पैसा र बिक्रीमा २९ रूपैयाँ ९२ पैसा पाइन्छ।

शुक्रबार कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ ४२ पैसा र बिक्रीमा ४३२ रूपैयाँ ३८ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५० रूपैयाँ ३९ पैसा र बिक्रीदर ३५१ रूपैयाँ ९८ पैसा तोकिएको छ।

यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौं : टेलिटकले नेपाली बजारमा एम८ सिरिजका दुई स्मार्टफोनहरु सार्वजनिक गरेको छ । उत्कृष्ट कार्यसम्पादन, सहज प्रयोग अनुभव तथा आधुनिक

काठमाडौंः नेपाल मर्चेन्ट बैंकर्स संघ (MBAN) का कार्यसमिति सदस्यहरूले आज नेपाल धितोपत्र बोर्ड (SEBON) का नवनियुक्त अध्यक्ष डा. गोपाल प्रसाद

सन्जिव दुलालकाठमाडौं। तामाङ शेलो गीत ‘रोशी त खोला’ एक विशेष कार्यक्रमका बीच काठमाडौंको बौद्धस्थित सेकुवा जक्सनमा सार्वजनिक गरिएको छ। गायक

Latest










Popular
Suggested