English

२०–२९ वर्ष उमेर समूहमा कोरोना संक्रमणको दर उच्च



कोरोना संक्रमणको दोस्रो लहर युवायुवतीमा धेरै देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकले विशेषगरी २० देखि २९ वर्ष उमेर समूहका मानिसहरु बढी संक्रमित भइरहेको देखाउँछ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा केही दिन यता १९, २५ र २९ वर्षका मानिसहरु सिकिस्त अवस्थामा पुगेकोे अस्पतालका प्रवक्ता डा. अनुप बास्तोला बताउँछन् । ‘युवाहरुमा कोरोना संक्रमणको दर बढीरहेको छ,’ उनले भने, ‘२० देखि २९ वर्ष उमेरसमूहका कोरोना संक्रमितलाई आइसीयू भेन्टिलेटरमै राखेर उपचार गर्नुपर्ने अवस्था छ ।’

मन्त्रालयको वैशाख १ गतेदेखि १५ सम्मको तथ्यांक हेर्दा देशभर ७ हजार ६ सय ३७ जना युवायुवतीमा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, ३० देखि ३९ वर्ष उमेरसमूहमा पनि कोरोनाको संक्रमण उत्तिकै बढेको पाइन्छ । तर, वृद्धवृद्धामा भने संक्रमणको दर घटेको छ ।

यसैगरी नवजात शिशु देखि ९ वर्ष सम्मका बालबालिमा पनि कोरोना संक्रमण उच्च रहेको छ । १५ दिन यताको तथ्यांकअनुसार देशभर ६ सय ९७ जना बालबालिकामा कोरोना संक्रमण भएको देखिन्छ ।

कोरोना संक्रमण दर बढेसँगै सरकारले आजबाट उपत्यकामा निषेधाज्ञा जारी गरेको छ । साथै, अवस्था हेरी स्थानीय तहमा पनि निषेधाज्ञा वा लकडाउन गर्न आदेश दिएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

राइड सेयरिङमा नयाँ युगको सुरुवात – साझा सवारी प्रा. लि. घाम, पानी, धुलो र हिलो केही नभनी सडकमा अहोरात्र खटिने

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

Latest










Popular
Suggested